दुधकोशीमा कृषि विकास बैंकको शाखा विस्तार : आइतबारदेखि बैंकिङ सेवा सुरु

अर्थ समाचार

सोलुखुम्बु । सोलुखुम्बुको माम्य दुधकोशी गाउँपालिकामा कृषि विकास वैंकले शाखा विस्तार गरेको छ । गाउँपालिकाको केन्द्र खास्तामा साखा विस्तार गरेसँगै बैंकले भोली आइतबारबाट बैंकिङ सेवा सुरु गर्ने जनाइएको छ ।

अब, यहाँका स्थानीयहरु बैंकिङ कारोबारका लागि सदरमुकाम सल्लेरी धाउन नपर्ने भएको छ । यसरी सरकारी वैंक गाउँपालिकामा संचालन गरिनु महत्वपुर्ण सफलता रहेको सोही गाउँपालिकाका अध्यक्ष बुद्धिकिरण राइले बताए ।

माप्य गाउँपालिकाले बैंकसँग साखा विस्तारका लागि अनुरोध गरेको थियो । सो पश्चात कृषि विकास वैंकको केन्द्रिय कार्यालयले जेष्ठमै साखा संचालन गर्ने निर्णय गरेको थियो ।

वैंकको साखा संचालनसँगै सर्वसाधारणले बैंकिङ कारोबारको सुविधा गाउँमै पाउने भएका छन् । आइतबारबाटै खाता खोली बचत गर्न सुरु गरिनेछ । वैंकले चल्ती खाता, साधारण बचत खाता, बाल बचत खाता, बुवाआमा बचत खाताहरु संचालनमा ल्याउने जनाएको छ । भने रकम देशभित्र र बाहिरबाट पठाउन र झिक्न मिल्ने बताइएको छ ।