माप्य दुधकोशी गाउँपालिकामा मौरी पालन तालिम

समाचार सूचना प्रविधि

सन्देशबाहक, काठमाडौं : सोलुखुम्बु जिल्लाको माप्य दुधकोशी गाउँपालिकाको केन्द्र खास्तापमा २० दिने मौरी पालन तालिम सुरु गरिएको छ ।

जिल्ला घरेलु तथा साना उद्योग विकास समिति र माप्य दुधकोशी गाउँपालिकाको संयुक्त आयोजनामा सञ्चालित सो तालिममा २० जनाको सहभागिता रहेको छ ।

देशमा बढ्दै गइरहेको युवाहरुको बैदेशिक रोजगार प्रतिको आकर्षणलाई मध्यनजर गर्दै स्वादेशमै सीप र तालिम दिएर बेरोजगारलाई स्वोरोजगार गराउँदै गाउँ र समाजको बिकासलाई आधुनिकिकरण गर्दै समृद्ध बनाउने उद्देश्यले मौरी पालन तालिम सञ्चालन गरिएको माप्य दुधकोशी गाउपालिकाका उपाध्यक्ष जुनिता मगरले सन्देशबाहकलाई जानकारी गराउनु भयो ।