सामाजिक सञ्जालमा मन्त्री अधिकारीलाई यसरी श्रद्धान्जली अर्पण गरियो !!

Uncategorized समाचार

प्रतिकुल मौसमका कारण हेलिकप्टर दुर्घट्नामा परी आज पर्यटन मन्त्री रविन्द्र अधिकारी सहित ७ जनाको निधन भएको छ । मन्त्री अधिकारीसहित प्रधानमन्त्रीका निजी सचिव युवराज दाहाल, यति एयरलाईन्सका अध्यक्ष आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक विरेन्द्र प्रसाद श्रेष्ठ, नेपाल नागरिक उड्डयन प्राधिकरणका इन्जिनियर ध्रुबदास भोछिभया, मन्त्री अधिकारीका पिएसो अर्जुनकुमार घिमिरे र क्याप्टेन प्रभाकर केसीको निधनले देश स्तव्ध छ ।

ताप्लेजुङको पाथिभरा दर्शन गरेर फर्कने क्रममा दाह्रेभिर, सिस्ने खोलामा हेलिकप्टर दुर्घट्ना हुँदा देशले ठूलो मुल्य चुकाएको छ । अधिकारीसहित ४ जनाको शव ताप्लेजुङको सुकेटार विमानस्थलमा ल्याइसकिएको छ ।

ताप्लेजुङ हेलिकप्टर दुर्घट्ना प्रकरणपछि
सरकारले पुर्व पर्यटन सचिव यज्ञ प्रसाद गौतमको संयोजकत्वमा ४ सदस्यीय छानबिन समिति गठन गरेको छ । सरकारले मन्त्री अधिकारीलाई राजकीय सम्मान तथा भोलि राष्ट्रिय शोकको घोषणासँगै देशभर सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

नेकपाका अध्यक्षद्धयले एक शोक विज्ञप्ति जारी गर्दै दुर्घट्नाले मुलुकले जनता र विकासप्रति सदैव समर्पित योग्य जनप्रतिनिधि गुमाएको बताएका छन् । यसै शोकको घडीमा नेता तथा अन्य व्यक्तित्वहरुले रविन्द्रलाई यसरी सामाजिक सञ्जालमा श्रद्धान्जली व्यक्त गरेका छन् :


क. प्रचण्ड

ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनाबारे अध्यक्षद्वय द्वारा जारी शोक वक्तव्य :

इश्वर पोखरेल



‘ कमरेड रबिन्द्र १ संभावनाको खोजी गर्दै तपाईंसित यसरी यात्रा गर्ने औसर सँधै सँधैका लागि अन्त्य भएको कुरा म पत्याउन सकिरहेको छैन ११ राजनीतिमा अत्यन्त उज्जवल संभावना बोकेका तपाईंसित संगै यात्रा गर्ने संभावना समाप्त भएको कुरालाई पत्याउन सकिरहेको छैन ११ पिडा र आँशुसंगै हार्दिक श्रद्धान्जली ।’


गोपाल किराती


‘ताप्लेजुङ हेलिकप्टर दुर्घटनामा परेर यति एयरलाइन्सका मालिक तथा सोलुखुम्बुमा छिमेकी श्री आङ्छिरिङ शेर्पाको निधनले अत्यान्तै दुःखित छौँ । उहाँ सहित मृतकहरु प्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौँ ।ʼ

योगेश भटट्राई


‘ भिआइपी उडानमा पाइलट सहित् ५ जनाभन्दा बढी पाथिभरामा उडान गर्न मिल्दैन भनेर केहीलाई सुकेटार वा ताप्लेजुङ् बजार मै झारेरमात्र पाथिभरा उडान गर्दै आएका छन् पाइलटहरुले । तर आज मौसम् खराब हुँदाहुदै ७ जनालाई लिएर किन उडान गरियो रु समयले उत्तर माग्छ ।ʼ

गगन थापा


‘ रविन्द्र दाईको दुर्घटनाको खबरले स्तब्ध भएँ,मनमा झिनो आशा थियो तर त्यो आशा धेरै समय टिक्न सकेन। मैले आज एक असल साथी गुमाएको छु,देशले एक आशातीत नेता ! रविन्द्र दाइ लगायत सवैमा हार्दिक श्रध्दाञ्जली
।ʼ

शान्ता चौधरी


‘ नेपाली जनताका बीचमा चम्किएका उज्यालो नक्षेत्र थियौ । सुनियो खबर कहिल्यै नफर्कने गरि अस्तायौ । हजारौं हजारलाई रुवाएर गयौ । सुन्न मन छ तिम्रै मुखबाट बोलेको आबाज ! तर असम्भव । कठीन घडीमा छौं । दुस्खद सत्य स्विकार्दै भन्छु , अल बिदा कमरेड रबिन्द्र।ʼ

रामकुमारी झाक्रि


‘आज दिउसोको करिब २ बजेदेखि लगातार सुन्दैछुँ/हेर्दैछु ! समाल्ने समालिने कोसिस गर्दैछु तर मलाई विश्वास नै लाग्दैन दाई तपाइको दुर्घट्ना भयो भनेर ।ʼ


रवि लामिछाने

‘ देशकैलागि अत्यन्तै दुस्खद खबर।
ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा परी संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री माननिय रबिन्द्र अधिकारी ज्यूको मृत्यु भएको खबरले स्तव्ध बनाएको छ । पर्यटनमन्त्री लगायत सवार सातैजनाको आत्माको शान्तिको कामना गर्दै सम्पुर्ण परिवारलाई धैर्य धारण गर्ने शक्ति मिलोस भन्ने कामना गर्दछु । हार्दिक श्रद्धान्जली।ʼ

मनोज गजुरेल

‘ प्रिय रविन्द्रद अधिकारी दाई, तपाईंसँगै दुर्घटनामा पर्नु भएका युवराज दाहाल को मोबाईलमा अहिले ४।५८ बजे सम्मपनि रिङ बजि रहेको छ । लाग्छ, अझैपनि तपाईंहरु जिवित हुनुहुन्छ तर।😩
निस्शब्द ! अकल्पनिय ! दुस्खद ! दिवंगत सबैलाई हार्दिक श्रद्धाञ्जली ! आत्माले शान्ती पाओस् । ॐ शान्ती 🌹।ʼ

जितु नेपाल 

‘ हिजो चाईनिज फिल्म फेष्टिबलमा चाईनिच राजदुत र पर्यटन मन्त्री ज्यु संग यसरी फोटो खिचीयको थियो।कार्यक्रम अवधीभर संगै बसियो।मन्त्री ज्युले हाम्रो नेपाली चलचित्रलाई पनि चाईनामा प्रदर्शन गर्नु पर्ने कुरा राख्नु भयको थियो।तरआज श्रदान्जली दिनपर्दा अत्यनतै दुख लागेको छ। पर्यटन मन्त्री रबिन्द्र अधीकारी ज्यु,आङ छिरीङ सेर्पा लगायत हेलीकप्टर दुर्घटनामा परी निधन हुनुभयका सम्पुर्ण प्रती हार्दिक श्रदान्जली ब्यक्त गर्दै,सोक सन्तब्ध परीवारप्रती हार्दिक समबेदना ब्यक्त गर्दछु।ʼ

केदार प्रसाद घिमिरे


‘नेपाली चलचित्रको बिकासको लागी प्रयत्नशील ब्यक्तित्व माननिय श्री मन्त्री रबिन्द्र अधिकारी ज्यू, लगायत दुर्घटनामा पर्नुभएका सबै प्रति हार्दिक श्रद्धान्जली । पिडित परिवारले यो दुस्ख सहन सक्ने शक्ति प्राप्त गरून् । शोकाकुल परिवार प्रति हार्दिक समवेदना ।तस्बिरस् हिजो मात्र चिनिया फिल्म महोत्सवमा नेपालका लागी चिनिया राजदुत होउ लगायत सँग ।ʼ

सिताराम कट्टेल

‘ दुस्खद खबर
संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री माननिय रबिन्द्र अधिकारी ज्यूको हेलिकप्टर दुर्घटनामा परी मृत्यु भएको खबरले स्तव्ध बनाएको छ । पर्यटनमन्त्री लगायत सवार सम्पुर्णमा हार्दिक श्रद्धान्जली ब्यक्त गर्दछु ।ʼ