माप्य दुधकोशी गाउँपालिकाको मुहार फेरिदै

1 प्रदेश समाचार

सन्देशबाहक/काठमाडौंः सोलुखुम्बुको दुर्गम मानिने माप्य दुधकोशी गाउँपालिकामा विकासका कार्य तिव्र रुपमा भइरहेका छन् । केहीअघि भूकम्पपछिको पुननिर्माण र स्थानीय सरकार सञ्चालन विधिसम्बन्धि आवासीय तालिम सम्पन्न गरेको सो गाउँपालिकाले यहाँका सातैवटा वडामा ग्रामिण सडक विस्तार गरिसकेको छ । गाउँपालिकामा प्रहरी चौकी निर्माण भई ४ र ६ नं. वडामा २५ किलोवाटको विधुत उत्पादन समेत भइसकेको छ ।
गाउँपालिकाले विद्यार्थीहरुलाई लक्षित गर्दै लोकेसेवा आयोगसम्बन्धि अभिमुखीकरण तालिम सम्पन्न गरेको छ । विद्यार्थीलाई आफ्नो क्षमताको पहिचान गराई भावी योजना निर्माण गराउने उद्देश्यले मनोसामाजिक परामर्श तालिमको समेत आयोजना गरिसकेको छ । वालविवाह, प्रजनन् शिक्षा, स्वास्थ्य, महिला हिंसा र महिला अधिकारबारे पनि जनचेतनामूलक कार्यक्रम भएका छन् । भने महिलाहरुको क्षमता अभिवृद्धिका लागि कुक, हस्पिटालिटी र सिलाई–कटाईलगायत उद्यमशिलतासम्बन्धी तालिम सम्पन्न गरिसकिएको छ ।
गाउँपालिकाले सम्पन्न गरेका कार्यहरु सवैमा सुचित गर्नेे उद्देश्यले वृत्तचित्र समेत निर्माण गरिएको छ । उक्त वृत्तचित्रबाट गाउँ विकासका कार्यहरु बारे जानकारी लिन सकिने गाउँपालिका उपाध्यक्ष जुनिता माया मगर बताउँछिन् ।