माप्य दुधकोशी गाउँपालिका राप्छस्थित ल्यु:देलमा महादेवको उत्पत्ति

फोटो फिचर समाचार

सन्देश बाहक/सोलुखुम्बु- सोलुम्बु जिल्लाको माप्य दुधकोशी गाउँपालिका वडा नं. २ राप्छस्थित ल्यु:देल (ल्यु: भनेको अरिङ्गाल र देल भनेको गाउँ भन्ने अर्थ लाग्छ) मा वि.सं. २०३२ साल ताका महादेवको उत्पत्ति भएको त्यहाँको अग्रजहरुको भनाई छ । परापूर्वकालदेखि नै हाम्रा पितापुर्खाहरुले गाई गोठ पाल्ने चलन चलिआएको हो । त्यतिबेला तिरकै कुरा हो, कुमार राई (डल्लु) का बाजे श्री रन जुङ्ग राई गोठमा सुतेको अवस्थामा राती सपना देख्दा महादेव उत्पन्न भएको देखेपछि बिहानै उठेर त्यहीँ ठाउँमा हेर्न जाँदा जमिन भासिएको अनि शिव र पार्वतीको स्वरुप उत्पन्न भटेको र त्यस समय यता देखि नै त्यहाँ पूजा (धुप ध्वर) गर्न थालिएको छ । उक्त ठाउँमा गएर दर्शन गरिसकेपछि हलेसी महादेव दर्शन गर्नु नपर्ने र भाकल गरिएको पनि मेटिने विश्वास लिदै आएको त्यहाँका अग्रज एवं स्थानीय बासिन्दाहरुको भनाई छ । त्यसैले त्यहाँ धेरै टाढा–टाढाबाट भक्तजनहरुसमेत यहाँ आउने गर्दथे ।

वि.सं. २०३२ सालदेखि २०४० सालसम्म निकै चर्चा पाएको महादेव स्थान मन्दिरले वि.सं. २०४० सालदेखि हालसम्म त्यस परिसरभित्र कुनै क्रियाकलाप नभएको र यसो गर्दा हाम्रो मौलिक परम्परा, धार्मिक तीर्थस्थल, साँस्कृतिक पहिचान धारासायी हुने अवश्याम्भावी रहेको स्थानीय बुद्धिजीबी कुमार राई (डल्लु) ले बताउनु हुन्छ ।

photo: Nabin Karki @ rapchha

महादेव स्थान मन्दिरको रेखदेख र व्यवस्थापनका लागि वि.सं. २०७५ साल फाल्गुन १४ गतेका दिन व्यबस्थापन समिति श्री कुमार राईको अध्यक्षतामा गठन गरियो । त्यस ठाउँको संरक्षण गर्न त्यहाँ पूजा (धुप ध्वर) गर्ने कार्य यही २०७५ साल फागुन २० गते बाट सुरु गरिएको छ । भने संरक्षण सम्बद्र्धनमा एउटा सशक्त टिम गठन गरिएको छ । त्यसमा अध्यक्षज्युले आफ्नो नाममा रहेको १५ रोपनी जग्गा निःशुल्क राप्चा महादेव मन्दिरको नाममा त्यहाँको समुदायलाई र उक्त मन्दिरलाई लक्षित गरी प्रदान गर्नुभएको छ । उहाँकै पहल कदमीमा महादेव मन्दिरलाई एउटा नमुना मन्दिरको रुपमा स्थापित गर्ने दृढ विश्वासका साथ सबै टिमसँग छलफल भई काम अगाडी बढेको जानकारी Logic Media (sandeshbahak.com) का रिपोर्टर नबिन कार्कीलाई जानकारी दिनुभयो ।