माप्य दुधकोशी गाउँपालिकामा नेपाली काँग्रेस पत्यिाग : दुई दर्जन बढी नेकपामा प्रवेश

Uncategorized राजनीति समाचार

सन्देशबाहक, काठमाण्डौ । नेपाली काँग्रे्स पार्टीमा विगत लामो समयसम्म सकृया रहेका सोलुखुम्बु जिल्ला, माप्य दुधकोशी गाउँपालिका वडा नं.– ३ का जुझारु यूवा नेता शेखर राई एवं देवान र्सिह राईको साथमा २ दर्जन भन्दा कार्यकर्ताले पार्टीप्रति असन्तुस्टी जनाउँदै नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा प्रबेश गरेका छन ।

ठमाडौंको तारागाउँस्थित चोइस क्याफेमा सम्पन्न कार्यक्रममा मा. हेम कुमार राई “सुरबिर”, माप्य दुधकोशी गाउँपालिका अध्याक्ष बुद्धि किरण राई, माप्य दुधकोशी गाउँपालिकाका (नेकपा) का नेता चन्द्र प्रसाद घिमिरे र पेम्बा शेर्पाले नव प्रवेश कमरेडहरुलाई खादा लगाएर स्वागत गर्नुभयो ।

पार्टी प्रवेश गर्नेहरुमा शेखर प्रसाद राई, देवान सिंह राई, रोशनी राई, मिना राई, दिपक राई, संगिता राई, जन्मिता राई, लक्ष्मी राई, एक बहादुर राई, तीन बहादुर राई, अमिर राई, कुमार सिह राई, जोरबिर राई, तीन कुमार राई रहेका छन ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले मात्र अब सबै जाति र वर्ग मिलेको समतामुलुक समाज निर्माण गर्न सक्ने र संघीयतालाई संस्थागत गर्नको लागि पनि लामो समय संघर्ष गरेको पार्टी परित्याग गरी नयाँ विचार, सिद्धान्तसहितको गौरवशाली पार्टीमा प्रवेश गरेको नव प्रवेसीहरु लोजिक मिडिया (सन्देशबाहकडटक) लाई बताए ।