सगरमाथाद्वार रहेकाे खुम्बु गा.पा.मा मुख्य मन्त्री राईद्धारा पहिलो पटक सडक उद्घाटन

राजनीति समाचार

सोलुखुम्बु, खुम्बु पासाङ ल्हमु गाउँपालिकाको वडा न्ं १ मा सडक बाटो उद्घाटन र १५ सैयाको खरिखोला हस्पिटल् निर्माणको लागि  सिलान्यास सम्पन्न भएको छ ।

विश्वको सिर सर्बोच्च शिखर सगरमाथा अवस्थित स्थानीय तह खुम्बु पासाङ ल्हमू गाउँपालिकामा सडक पुगेको छ । माप्य दुधकोशी गाउँपालिका १ न्ं वडा हुदै खुम्बु पासाङ ल्हमू गाउँपालिकाको १ नं वडा खरिखोला सम्म पुर्‍याईएको सडक मंगलबार मुख्यमन्त्री राईले उद्घाटन गरेका हुन् ।

आगामी दुई बर्षमा चौरीखर्कसम्म विस्तार गर्ने योजना रहेको सडक निर्माणका लागि प्रदेश सरकारले बजेटको व्यवस्था मिलाउने मुख्यमन्त्री राईले प्रतिबद्धता गरे । उनले भने, ‘पर्यटकीय दृष्ट्रिकोणले महत्वपुर्ण रहेको खुम्बुमा पर्यटकको आगमन बृद्धि गर्न पनि चौरीखर्कसम्म सडक आवश्यक छ । त्यसमा प्रदेश सरकारले प्राथमिकतामा राखेर काँघ हाल्छ । सडकको पहूँच पुगेपछि आन्तरिक पर्यटक पनि हृवात्तै बढ्नेमा आफू आशावादी रहेको उनले बताए ।मुख्यमन्त्री राईले मौसम प्रतिकुल बनेको बेला पर्यटकलाई सडक यात्राको लागि पनि सहज विकल्प हुने भएकाले सुविधासम्पन्न सडक निर्माण आवश्यक रहेको बताए । बर्षेनी लुक्लास्थित तेन्जिङ हिलारी विमानस्थल मौसम प्रतिकुलताका कारण अवरुद्ध हुने गर्दछ । मुख्यमन्त्रीले बषेर्नी पचासौ हजार स्वदेशी तथा विदेशी पर्यटक भित्राउने स्थान्ीय तहलाई ‘पर्यटकीय गाउँपालिका’ घोषणा गर्ने र पुरस्कृत गर्ने उद्घोष समेत गरे ।

कार्यक्रममा प्रतिनिधि सभा सदस्य हेम कुमार राई ‘सुरवीर’ले सगरमाथा सडक सबैको साझा एजेण्डा बन्नुपर्ने बताए । सडक संचालनमा आएपछि पर्यटकको संख्यामा समेत उल्लेख्य बृद्धि आउने सांसद राईको भनाई छ । गाउँपालिका अध्यक्ष ङिमदोर्जी शेर्पाले चिन तर्फको नाङपाला नाका खोल्न सके खुम्बुको विकासमा थप टेवा पुग्ने भएकाले नाका खोल्न पहलकदमी लिन प्रदेश सरकारलाई आग्रह गरे ।

कार्यक्रमको अबसरमा अजम्बरी सामुदायिक सस्था दलित भवनको उद्घाटन गरिएको छ। भने १५ सैयाको खरिखोला हस्पिटल्को भवनको शिलान्यास गरिएको छ ।

खरिखोलासम्म ग्रामिण सडकको पहूँच पुगेपछि दुर्गम भेगको जनजीवनमा सहज आउने सर्वसाधारणले बताएका छन् । माप्य दुधकोशी गाउँपालिकाको काँकु, बासा, जुभिङ हुदै खरिखोला सडक पुगेपछि खाद्यान्न तथा निर्माण सामाग्रीको लागतमुल्य घट्नेछ भने सदरमुकाम सल्लेरी र राजधानी सहित तराईका जिल्लासम्म पुग्न सजिलो भएको छ ।

प्रमुख अतिथी प्रदेश नं १ का मुख्य मन्त्री शेरधन राई विशेष अतिथी मा हेम कुमार राई, प्रदेश न १ सभामुख प्रदिप कुमार भन्डारी, प्रदेश मा बुद्दिकुमार राजभण्डारी, जिल्ला सम्मन्याय समिती प्रमुख वीर कुमर राई, सिडिओ नरेन्द्र कुमार मगर, डि एस पि सालिकराम सर्मा पौडेल, माप्य दुधकोशी गा पा अध्यक्ष बुदिृकिरन राई,  नेकपा नेता मानबिर राई, गोम्बु शेर्पा कर्ज्याङ लगायता अन्य अतिथीहरुको उपस्तिथीमा कार्यक्रम सम्पन्न गरिएको हो ।

savar:OS Break