काठमाण्डौको टाटासुमो जुभिङ पुगेपछि…

समाचार

‘गेटवे मल्टी इन्भेष्टमेन्ट प्रा.लि’द्धारा सञ्चालित गेटवे एक्सप्रेसले सोलुखुम्बुकोे जुभिङसम्म टाटासुमो सञ्चालनमा ल्याएको छ । काठमाण्डौदेखि सोलुखुम्बुको ग्रामीण भेगसम्म सवारी साधन पुग्न नसकिरहेका बेला गेटवे एक्सप्रेसले गत विहिवार तीन वटा सुमो जुभिङ पुर्याएको हो । अप्ठ्यारा सडकका कारण विगतमा ट्याक्टर र बुलेर मात्रै चल्ने यस भेगमा ‘एक्सप्रेस’ले रन्दोनी नेपाल ट्रेक्स प्रा.लि. मार्फत आएका १८ जना स्पेनिस पर्यटकहरुलाई काठमाण्डौदेखि जुभिङसम्मको सुविधाजनक यात्राको सेवा दिन सफल भएको छ ।

गेटवे एक्सप्रेसको गाडी दुधकोशी तर्दै

यसरी पहिलो पटक गाउँमा टाटासुमो देख्न पाउँदा स्थानीय बासिन्दामा खुसी छाएको छ । भने मौसम प्रतिकुलताको कारण हवाइजहाज सेवा अवरुद्ध भएमा बैकल्पिक सेवा उपलब्ध हुने भएपछि पर्यटन व्यवसायीहरुपनि औधी खुसी भएका छन् । अब अप्रिलदेखि काठमाण्डौको धावनमार्ग मर्मत गर्न ६ महिना लाग्ने भएकाले पर्यटकहरुलाई सोलुखुम्बुसम्म यातायातबाट सेवा दिन समेत सहज हुने भएको छ ।

जुभिङ पुगेपछि आश्चर्यजनक खुशी मान्दै पर्यटक

जुभिङ सगरमाथाको एक प्रवेशद्धार हो । स्थानीय निर्मल मगरका अनुसार चाडै नै जुभिङदेखि पासाङ ल्हामु गा.पा . को खरीखोलासम्म गाडी पुर्याइनेछ । सगरमाथाको प्रवेशद्धार जुभिङसम्म पहिलो पटक यातायात सेवा दिन सफल ‘गेटवे’ को साखा काउण्टरहरु सल्लेरी, फाप्लु, नयाँ बजार, दियाले, खास्ताप, दाकु, अधेँरी र जुभिङमा रहेका छन् । अब छिट्टै खरीखोलाको विभिन्न स्थानमा समेत टिकट काउण्टर स्थापना गरिने बताइएकोे छ । गेटवे एक्सप्रेसले विगत दुई महिनादेखि नेपालका विभिन्न ठाउँहरुमा यातायात सेवा दिइरहेको छ । 

स्थानीय युवा व्यवसायी निर्मलका साथै गेटवे एक्प्रेसका सञ्चालकद्वय रमेश/कृष्ण

टाटासुमो जुभिङ पुग्नु अगावै काठमाण्डौबाट रुट भिजिटका लागि टाटा सिप्रदी कम्पनीका प्रोडक इन्चार्ज उत्तम प्रसाद गुप्ता र निरज डाँगी यहाँ आएका थिए । सदरमुकाम सल्लेरी हुँदै वासा आएका उनिहरुसँगै गेटवे कम्पनीका अध्यक्ष रमेश राई र यातायातका प्रमुख टेक वीर राइले पनि रुट भिजिट गरेका थिए