समुदायको उदाउँदा तारा अस्ताएपछि …

फोटो फिचर

सोलुखुम्बु जिल्लाको साविक जुभिङ गा.वि.स.(हाल माप्य दुधकोशी गाउँपालिका वडा नं १ जुभिङ) मा २०३३ सालमा जन्मिएका अर्जुन कुमार खालिङ ‘गौनसे’ आफ्नो परिवारको अभिभावक थिए, समुदायको गहना र राष्ट्रकै सम्पति थिए । परिवारकै पहिलो सन्तान भएको कारणले पनि सानै उमेरबाट भाइबहिनीहरुको हेरचाह गर्दै बाल्यकालको विद्यार्थी जीवन उनले गाउँमै बिताए । सानै उमेरदेखि पढाइमा अब्बल अर्जुन खालिङलाई पढाइमा दिशानिर्देश गर्ने तत्कालीन खरिखोला मा.वि.का प्रधानाध्यापक जय कुमार राई र उनका काका मकर बहादुर राई थिए, त्यस्तै चित्रकारिताको लागि प्रेरणा दिने ओखलढुङगामा जन्मिएर सोलुखुम्बुलाई कर्मथलो बनाएका डि.बी. किराती थिए ।

उच्च शिक्षा हासिलका लागि काठमाण्डौ आएका अर्जुन खालिङले चित्रकारितामा राष्ट्रिय, अन्तर्राष्ट्रिय स्तरको आफ्नो परिचय बनाउनु सँगै पछिल्लो समयमा साहित्य, गीत–संगीत र राजनीतिक तथा समाज सेवामा छोटो समयको रफ्तारमा आफ्नो परिचय स्थापित गराए । दार्जिलिङमा जन्मिएका लैनसिङ बाङदेल राईलाई “आधुनिक चित्रकलाको पिता” (Father of modern art) भनेर चिनिन्छ, त्यस्तै अर्जुन खालिङको चित्रकला र साहित्यमा देखिएको सृजनात्मक कलाका कारण धेरै बुद्धिजीवीहरुले अर्जुन खालिङलाई दोस्रो लैनसिङ बाङदेल भन्दै आएका थिए । उनका काका मकर बहादुर खालिङद्धारा पहिलो चित्रकला सिकेका अर्जुन खालिङ डि.बी किरातीबाट प्रभावित हुदै क्याम्पस सम्म आइपुग्दा चित्रकारितामा निकै अब्बल क्षमता पेश गरे । जसको प्रमाण हो, त्रिभुवन विश्वविद्यालय मानविक तथा सामाजिक शास्त्र संकाय ललितकला तर्फ २०५८ सालमा स्नातक तहमा स्वर्ण पदक (गोल्ड मेडल) सहितको ‘महेन्द्र विद्याभुषण’ ‘ग’ तत्कालीन राजा श्री ५ ज्ञानेन्द्रको बाहुलीबाट ग्रहण गरेका थिए । आफ्नो पढाइलाई निरन्तर गर्दै स्नातकोत्तर पनि उनले चित्रकलामा नै गरे । अहिले पनि पाटन र भक्तपुर जस्ता ठूल्ठूला कला कौशलले परिचित आर्ट ग्यालरीहरुमा अर्जुन खालिङको नाम लिदा उनका क्षमताप्रति वाउ भनेर पुर्पुरो समाउने कलाकारहरु मैले प्रत्यक्ष रुपमा भेटेको छु ।

राजा ज्ञानेन्द्रबाट पदक ग्रहण गर्दै अर्जुन खालिङ

अर्जुन खालिङसँग चित्रकलाभन्दा पनि साहित्यिक बजारमा पहिलो पटक मेरो चिनजान भयो । सुरुमा उनको कविताले मलाई त्यति प्रभाव पारेन । किनकी मेरो बुझाई थियो, कविता छन्द मिलेको हुनुपर्छ साहित्यमा साहित्यिक शब्द हुनुपर्छ भन्ने लाग्दथ्यो तर पछिल्लो समयमा उनको त्यहि साहित्यले मलाई अत्यन्तै प्रभाव पा¥यो, किनकी साहित्य लेख्दा विषयबस्तुलाई भित्र पुगेर उठाउने क्षमता उनमा थियो । वास्तवमा यहीनै हो साहित्यकारमा हुनुपर्ने क्षमता । साहित्यमा उनले बढि पहिचान, भाषा सँस्कृति र समाजका कुराहरु उठाए । अहिले पछिल्लो समयमा हाम्रो समुदायमा लेखिने कविता, गीत गजलहरुमा अर्जुन खालिङ घराना कै प्रभाव देखिन्छ । मैले भनेजस्तै छन्द नमिलेको तर निकै राम्ररी विषयबस्तु केलाइएको कविता खालिङ संस्थाको मुखपत्र ‘सुन्म्यसङ’ अंक–२ मा यसरी लेखिएको छ–

शासक महोदय !
तिम्ले ‘गौनसे’ बाट मलाई अर्जुन बनायौ
‘ज्युब्यु’ बाट मेरो गाउँलाई जुभिङ बनायौ !
‘खालिङ’ बोल्दा स्कुलमा लभ्दी बजा-यौ र
घोकायौ भाइरस बाह्रखरी
खुवायौ सँस्कृतका विकृत बन्दनाहरु
पिलायौ नैतिक शिक्षाको विष

गाउँघरमा रहँदा आफ्ना भाइबहिनीहरुलाई बोक्दै खेतबारीमा काम गर्ने अर्जुन खालिङले काठमाण्डौमा पनि त्यसरी नै भाइबहिनीहरुलाई बोकी नै रहे । राम्रोसँग पढाएर सबैलाई दिक्षित बनाए । चित्रकारीतामा मात्र लागेको भए धेरै पैसा कमाउथे तर अर्जुन खालिङले आफुले मात्र पैसा कमाउनुभन्दा परिवार, गाउँ, समाज र राष्ट्रलाई नै उकास्नु पर्छ भन्ने उनको निस्वार्थ विचार थियो । मलाई उहाँको मन परेको पक्ष, कुनै पनि विषयमा छलफल गर्नु पर्दा अरुको विचार को सापटि नलिईकन नितान्त आफ्नो स्पष्ट विचार राख्न सक्ने क्षमता उनमा थियो । उ बेला जस्तै सबैले खेतीपाती नै गर्नुपर्छ भन्नेभन्दा पनि फरक धारबाट हामी सबै अगाडि बढ्नुपर्छ भन्ने उनको धारणा थियो । गाउँघरका जो कोहीले जग्गा जमीन बाँझो भयो, गाउँ फर्क, पैसा कति कमायौ ? भन्ने जस्ता प्रश्न प्रति असहमति राख्दथे । जसले जे गर्दैछ ,त्यसै क्षे त्रमा बल गर्नुपर्छ, हौसला दिनुपर्छ भन्ने उनको मनसाय थियो । खालिङ साहित्य संगीत तथा कला बिभागद्धारा प्रकाशित ‘सेम्यरी’ मा उनको भाव यस्तो छ–

त्याऽ ङियेचे ए फोङ्अ्य !
फोङ दम्किलो हेस इसङ् –
“इग्योथ्य ख्यवि ग्यो अ्यान्तस्क ?
मेसाङ पविधन दम्किलो –
“नय लेःल् माङ् इल्यात्त्य ?
मन हेवोलो ङिन्य थ्योकी होऊ ?
त्यङ सङ्कि खो अम् थ्यार्सेन्त्यु !
मन उङ इदम्ङनुलो इसङ्ङनुखो
“नय पेन्टिङ माङ् इप्युत्य ?
हेन्य सेइन्य थ्योकि होऊ ?

बरिष्ठ चित्रकार अर्जुन कुमार खालिङले धेरै पत्रपत्रिकामा फुटकर कविता गीत, गजल लेख्दै दुईवटा कृति नै प्रकाशन गरेका थिए । ‘सूर्य डढिरहेछ निरन्तर’ र ‘गोयाङको सुगन्ध’ प्रकाशित उनका कृतिहरु हुन् । गीत–संगीत लेख्ने क्रममा उनले खालिङ भाषामा रेकर्ड गरिएको मुक्चम भाग–२ को “सेम्य बङ्प्य सेम्यरी अ्य रेमे बङ्प्य माङअ्य ?” भन्ने गीतमा उनले नयाँ प्रयोगको सुरुवात गरेका छन् । संगीतकार पविधन खालिङद्वारा अवधारणा बनाइएको यस गीतमा खालिङहरुको पितृ पुज्दा प्रयोग गरिने न्यगि (नागी) को लयलाई गीतको लयमा स्थापित गरिएको छ । यसको शब्द उनले लेखेका थिए र यो शब्दलाई पहिलो पटक खालिङ भाषाका गीतहरुमा Rap को रुपमा आफैले यसरी गाएर स्थापित गरेका थिए–

म्योम्याम्काने….
रेम्यअ्य इपेक्त्याम् सेम्यरी ब्यान्तन
अन्योल सेन्य बङप्य सेम्यो म्योङत
म्योम्याम्काने….
बङप्य सेम्यो बङ्प्य होदो बङप्यङ
रेम्य थ्योन्त्यनि….
सेम्योनी सेम्यरीअ्य बङप्य छयुक्त्य
म्योम्याम्काने….
रेम्य माङअ्य बङ्प्य छयुक्त्य
म्योम्याम्काने … त्योम्याम्काने…

अर्जुन खालिङले तयार पारेको ग्रोम्म्य-लास्म्या (तयामा-खियामा) र खाक्चलप (रैछाकुले) को स्केच

साहित्य र कलामा निकै राम्रो मौलिक क्षमता राख्ने अर्जुन खालिङले पछिल्लो समयमा पहिचानको क्षेत्रमा विभिन्न कोणबाट आवाज उठाउन थाले । पहिचानसँग जोडिएका हरेक राजनीतिक पार्टी, जातीय संस्थाले उठाएको आन्दोलनमा उनी अगाडि रहन्थे । अकल्पनीय ढंगबाट अस्ताएका अर्जुन खालिङले किराती समुदायभित्र चिण्डो चिन्तन, बहस र प्रयोगलाई पहिलो पटक अगाडि सारेका थिए । प्रत्येक बर्ष हुने वास(साकेला) मा फेस पेन्टको सुरुवात नै अर्जुन खालिङले गरेका थिए । तर फेस पेन्ट मार्फत किराती पहिचान स्थापित गरिरहदा किरातीहरुको भेषभूषाप्रति भित्री रुपमा अर्जुन खालिङ हर्षित थिएनन् । ती किरातीहरुको आधुनिक भेषभुषा मेकअपले पहिचानमाथि उल्टो प्रहार गरेको छ भन्दै जिमी (राई) उत्थान समाज सोलुको ‘प्रवाह’ मुखपत्रमा यसरी लेखेका छन् । “किराती पहिचानको बारेमा कुर्ली–कुर्ली भाषण गर्ने, आन्दोलन, नारा जुलुस गर्दै किरात प्रदेशको माग गर्ने यिनै चेली सुम्निमा हुन त? साँस्कृतिक क्रान्तिको योद्धा उनै हुन त ? अनुहारमा चिन्डो, ढोल, झ्याम्टा,धजुरा बनाई माग्ने चेलीहरुको मेकअप र गेटअपले किराती साँस्कृतिक बिम्वहरुलाई स्थापित गर्ने हाम्रो अभियानको खिल्ली उडाइरहेको भान हुन्छ”

अर्जुन खालिङले नै जीवनको उत्तरार्धमा आदिम किराती पुर्खाहरु ग्रोम्य, लास्म्य र खाक्चलप (तमाया,खियामा र रैछाकुले को तस्बीर स्केज गरेका थिए । त्यही काल्पनिक सृजनालाई मुर्तिकारहरुले खोटाङ जिल्लाको तुवाचुङ जायाजुम डाँडामा किर ाती पुर्खाहरुको रुपमा उभ्याएका छन् । यसरी किराती सौन्दर्य शास्त्रको हिस्साको रुपमा आशा गरिएको अर्जुन खालिङ किन आफैमाथि क्रुर भए ? अहिले सबैको प्रश्न यही छ । देह त्याग गर्नुको केही अप्रमाणित कारणहरु छन् तर सुसाइट नोट नभएकाले यही हो भन्न सकिएको छैन, धेरै कारणहरु मध्ये एउटा चाहि डिप्प्रेशन पनि हो । डिप्प्रेशनमा परेका मान्छेहरुलाई एक्लै छाड्नु हुँदैन, याद गर्नुपर्छ भन्ने उनको डिप्प्रे शनले समाजका बुद्धिजीवीहरुलाई नयाँ पाठ सिकाएको छ । “अर्जुन खालिङको क्षमतालाई देखेर सबैले वा–वा गरिरहेको बेला सबैलाई भावबिह्वल बनाउदै २०७३ साल मंसिर २९ गते आफन्त तथा शुभ–चिन्तकहरुलाई श्रद्धान्जली दिन बाध्य बनाए” । जीवनभरी क्यानभाषमा धेरै मानिसहरुको चित्र स्केज गरेका अर्जुन खालिङले आफ्नै धर्मपत्नी तारा नुमिहाङको पोट्र्रेट स्केज गर्दा गर्दै अधुरै छाडे, समाज र राष्ट्रप्रतिको उनको चाहना पनि अधुरै रह्यो त्यसैले सानै उमेरमा बुवाको मायाबाट बञ्चित उनका छोरी निन्वाम राईले अर्जुन खालिङ स्मृति ग्रन्थमा यसरी बुवाप्रतिको मायालाई दर्शाएका छन् ।

My Father

My father you are the world to me.
You always want my good.
You always say a great person to be.
You always make me happy.

Without you our family is alone.
When you go away my happiness
will be gone.
We all miss you day and night.
So, please come back in our life.

उही होनाहार प्रतिभाका धनी अर्जुन खालिङ अस्ताएर गए पनि उनका धेरै सपनाहरु अधुरो रहे । उनै अर्जुन खालिङ ‘गौनसे’ प्रति समर्पित अर्जुन खालिङ फाउण्डेशन काठमाण्डौ जिल्ला प्रशासन कार्यलयमा मानवीर राई (इछमलाल् को अध्यक्षतामा २०७५ सालमा दर्ता गरिएको छ । खालिङ जीवित रहदा उनले गरेका चित्रहरुको एकल प्रदर्शन गर्ने ठूलो चाहना थियो तर त्यो कहिल्यै पुरा हुन सकेन । उनका यस्ता कलाहरुलाई संकलन गरेर एकल प्रदर्शन गर्ने लगायत निम्न उद्दे श्यहरु राखेर अर्जुन खालिङ फाउण्डेशन स्थापन गरिएको छ ।

कार्ययोजनाहरू:

१. अर्जुन खालिङ स्मृति ग्रन्थ प्रकाशन ः
अर्जुन खालिङको जीवनी, उहाँको क्षमता, विचार लगायतका हरेक विषयहरुलाई जीवन्त राख्नलाई स्मृति ग्रन्थ प्रकाशन गर्ने योजना अन्तर्गत अर्जुन खालिङ स्मृति ग्रन्थ प्रकाशन समितिले प्रधान सम्पादक डा. तारामणि राईको नेतृत्वमा प्रकाशन गरी मिति २०७५ साल मंसिर २९ गते शनिवार काठमाण्डौको कमलादी स्थित प्रज्ञा भवनमा प्रमुख अतिथी प्राज्ञ बैरागी काईला (तिल विक्रम नेम्वाङ) को प्रमुख आतित्थ्यमा लोकार्पण गरी सके को छ ।
२. अर्जुन खालिङ एकल कला प्रदर्शन ः
उहाँको जीवनका अधुरो सपनाहरु मध्ये आफैले गरेका आर्टहरुको एकल प्रदर्शन गर्ने चाहना अधुरो रह्यो । त्यसकारण जे जति चित्रहरु छन् संकलन गरेर प्रदर्शन गर्ने ।
३. अर्जुन खालिङ कला÷साहित्य पुरस्कार कोषको स्थापना गर्नेः
विशेषत कला र साहित्यमा लागि परेका कलाकारहरुलाई हौसला दिनको लागि यस कोषबाट पुरस्कारको व्यवस्था गर्ने गरी कोषको स्थापना गर्ने ।
४. अर्जुन खालिङ स्मृति छात्रवृत्ति कोषको स्थापना गर्नेः
अहिले अर्जुन खालिङको छोरी निन्वाम राई कक्षा पाँचमा अध्ययनरत छिन् । तत्काललाई कोष व्यवस्था गरेर छोरीलाई सहयोग गर्ने र पछि निन्वामको पढाई सकेपछि कला, साहित्य क्षेत्रका जेहेन्दार विद्यार्थीहरुलाई यो छात्रवृत्ति निरन्तर गर्ने ।
५. अर्जुन खालिङ स्मृति संग्राहलयको निर्माण गर्नेः
अर्जुन खालिङको जीवनमा आधारित र उनका कला÷साहित्य र कला सम्बन्धीका सामग्रीहरु संकलन गरी संग्रहित गर्ने ।

लेखकः अर्जुन प्रतिष्ठानको महासचिव हुनुहुन्छ ।

साभारः सुन्म्यासङ