पूर्वमन्त्रीसहित सात जनालाई जन्मकैद

Slider समाचार

अदालतले पूर्वमन्त्री संजयकुमार साहसहित ७ जनालाई जन्मकैद फैसला गरेको छ । जिल्ला अदालत धनुषाले न्यायाधीश राजेशकुमार कट्वालको इजलासअनुसार उक्त फैसला गरेको हो । जनकपुरको बम विस्फोटनको योजनाकार शाह नै रहेको प्रमाणित भएकाले उनीसहित सात जनालाई जन्मकैदको सजाय गरिएको हो ।

२०६९ वैशाख १८ गते मिथिला राज्य संघर्ष समितिले मिथिला राज्यका माग गर्दै जनकपुरको रमानन्द चोकमा धर्ना दिइरहेका बेला बम विस्फोट भएको थियो । सोही विस्फोटनमा परी मैथिलीकर्मी सुरेश दास, विमलशरण दास, झगरु मण्डल, दीपेन्द्र दास र रंगकर्मी रञ्जु झाको मृत्यू भएको थियो ।

न्यायाधिस राजेशकुमार कटवालको इजलासले विस्फोटनको योजनाकार शाहसँगै रन्जित शाह, ओमप्रकाश चौधरी, मुकेश कुमार कर्ण , सुरेश कुमार कर्ण, दीपेन्द्र झा र मुकेश कुमार चौधरीलाई जन्मकैद सुनाइएको छ ।