सोलुखुम्बुको भौतिक पूर्वाधार निर्माण योजनाको सूची सांसदद्वारा प्रधानमन्त्रीलाई बुझाइयो

राजनीति समाचार

सन्देशबाहक, काठमाडौं । ततकालिन माओवादी जनयुद्ध नेतृत्वको इमान्दार र साहसी कमाण्डरको रुपमा छबि बनाएका हेमकुमार राई ‘सुरबिर’ शान्ति प्रक्रिया पश्चात पनि इमान्दार नेताको रुपमा चिनिन्छन् ।

२०७४ सालको आम निर्वाचनमा नेपाली कांग्रेसका चर्चित नेता बलबहादुर केसिलाई पराजित गरेका हुन् । निर्वाचनको बेलासमेत पुरा गर्न नसकिने आश्वासन जनतालाई दिदै भडकिलो प्रचार भन्दा पर रहेर धेरै हल्ला नगरी जनताका काम लिएर विभिन्न मन्त्रालय र बिभागमा पुगि रहेका भेटिने उनी अहिले लिखित रुपमा सोलुखुम्बुका जनताका आवश्यकताहरु प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलिलाई बुझाएका छन् । निर्वाचनमा आफुले गरेका सबै प्रतिबद्धतालाई ‘जसरी भएनि पुरा गरेरै छोड्ने’ र यसका लागी जस्तोसुकै संघर्ष गर्न तयार रहेको उनले सन्देशबाहकलाई बताए छन् ।

माग गरेका योजनाहरु के–के छन् त ?
सडक स्तरोन्नति र कालोपत्रे तर्फः
१. गत आर्थिक बर्षमा बजेट उपशिर्षक नंबर ३३७३५६–१७४मा उल्लेखित तिङ्लाबाट सल्यान–नेचा बिहिबारे–फुर्केसम्म सडक स्तरोन्नति र कालोत्रे (अनुमानित लागत ४० करोड, दुरी २० किलोमिटर) ।
२.सल्लेरी–सेलगुडिडाँडा–काँकु–बासा–जुभिङ–खरिखोला–लुक्ला पर्यटन सडक स्तरोन्नति र कालोपत्रे (अनुमानित लागत २२५ करोड, अनुमानित दुरी ७५ किलोमिटर ) ।
३. गत आर्थिक बर्षमा बजेट उपशिर्षक नम्बर ३३७३५६–१७५मा उल्लेखित नेले–देउसा–बुडिडाँडा–दिप्लिघाट–सोताङ–बुङ–छेस्काम–गुदेल–साल्पा भञ्ज्याङ हुदै भोजपुर, संखुवासभा हुदै धनकुटा हुदै सुनसरीबाट बिराटनगर जोड्ने अन्तरजिल्ला सडक स्तरोन्नति र कालोपत्रे (अनुमानित लागत २४० करोड, अनुमानित दुरी ८० किलोमिटर) ।
४.अरनिको लोकमार्गबाट दोलखा जिरि–रामेछाप बाम्तिभण्डार हुदै अन्तरप्रदेश जोड्ने–लिखुखोला–चौलाखर्क–गोली–जस्माने भन्ज्याङ–तामाखानी–सल्लेरी सडक स्तरोन्नति र कालोपत्रे (अनुमानित लागत २३० करोड, अनुमानित दुरी ७० किलोमिटर) ।
५. गत आर्थिक बर्षमा बजेट उपशिर्षक नंबर ३३७३५६–२२१ मा उल्लेखित सोलुखुम्बु नाङ्पाला भन्ज्याङ हुदै चिन नाका जोड्ने सिद्धिचरण राजमार्ग
६. गत आर्थिक बर्षमा बजेट उपशिर्षक नंबर ३३७३५६–१९२ मा उल्लेखित जिरि, सल्लेरी, डिङ्ग्री नाम्चे(सगरमाथा पर्यटन सडक)
७. गत आर्थिक बर्षमा बजेट उपशिर्षक नंबर ३३७३६३–१९२ मा उल्लेखित स्वर्ण सगरमाथा बृहत चक्रपथ (ओखलढुङ्गा, सोलु नेचासल्यान, खोटाङ दिक्तेल, ओखलढुङ्गा) स्तरोन्नति तथा कालोपत्रे । बिमानस्थल(ब्ष्चउयचत) निर्माण तर्फः
१. गुदेल महाकुलुङ बिमानस्थलको लागी जग्गा अधिग्रहण, मुआब्जा वितरण र निर्माणको लागी आवश्यक बजेट ।
बिद्युतः
१. समग्र सोलुखुम्बुको बिद्द्युतिकरणका लागी आवश्यक बजेट।
२. दुधकोशि करिडोर अन्तर्गत दिप्लिघाटमा १३२ के.भि.ए सबस्टेसन निर्माणको लागी आवश्यक बजेट।
३. ग्रामिण बिद्युतिकरणको लागी बुढिडाडा बुङ र जुभिङमा ३३ के.भि.ए सबस्टेसन निर्माणको लागी बजेट।
मोटरेबल पुल निर्माणतर्फ:
१. बर्खुघाट दुधकोशि मोटरेबल पुल
२. ओर्ल्याङघाट दुधकोशि मोटरेबल पुल
३. हुंगाखोला छेम्सिफेदि मोटरेबल पुल
४. वात्तिम दुधकोशि मोटरेबल पुल
५. रोकदोभान हुंगाखोला मोटरेबल पुल
६. चुर्पुघाट सोलुखोल मोटरेबल पुल
७. बुङ गुदेल हुंगाखोला मोटरेबल पुल
८. भुवाखोला मोटरेबल पुल (महाकुलुङ १ र २ बिच)
९. लामाबगर दुधकोशि मोटरेबल
पुलसिचाईतर्फः
१. खहरेखोला मुहान, केउरेनि चौतारा चुहान सिचाई आयोजना (नेचासल्यान गा.पा. १ र २)।
२. दुधकोशि सोलार लिफ्टिङ खानेपानी तथा सिचाई निर्माण (साविक नेचाबेतघारी र नेचा बतासे)।
पहिरो नियन्त्रणतर्फः
१. वाप्सा पहिरो नियन्त्रण (माप्य दुधकोशि गाउँपालिका)
२. तिङ्ला सिस्नेरी पहलमानभिर पहिरो नियन्त्रण
३. साद्धि पहिरो नियन्त्रण महाकुलुङ
४. खाम्सिदो पहिरो नियन्त्रण महाकुलुङ
५. यर्मखु पहिरो रोकथाम लिखुपिके
६. खहरेखोला पहिरो नियन्त्रण नेचासल्यान
७. लिखेप पहिरो रोकथाम, थुलुङ्दुधकोशि
खानेपानी तर्फः
१. नानखोला मुहान सोताङ गा.पा चुहान खानेपानी आयोजना (अनुमानित लागत ५० करोड) ।
२. ठानेखोला मुहान वाकु चुहान खानेपानी आयोजना (अनुमानित लागत ३० करोड) ।
३. लिन्जिखर्क बुङ ५ सोताण्ग खानेपानि आयोजना(अनुमानित लागत २० करोड)।
४. बोसिमखोला मुहान नेचा फुर्के चुहान खानेपानी आयोजना
ढल ब्यबस्थापनः
१. नेचा बिहिबारे बजार ढल ब्यबस्थापन
२. सोताङ बजार ढल ब्यबस्थापन
३.सल्लेरी दोर्पु बजार ढल ब्यबस्थापन
४. खुम्जुङ बजार ढल ब्यबस्थापन
संचारतर्फः
१.नेचा बतासे बरडाँडामा टेलिकम टावर निर्माण
२.माप्यदुधकोशि वाकु ६ टेलिकम टावर निर्माण
३. महाकुलुङ बुङ कोलमडाँडा टेलिकम टावर निर्माण
४. कांगेलडाँडा टेलिकम टावर स्तरोन्नति
५. सोताङ डाडा टेलिकम टावर निर्माण
६. सोलुखुम्बुलाई अप्टिकल फाइबरले जोड्ने कार्यक्रम
पर्यटन पदमार्ग तर्फः
१. महाकुलुङ ३ मुद्दिबाट कोङमादिङमा हुदै मेरापिक भन्ज्याङसम्म नया पर्यटन पदमार्ग निर्माण।
२. खरिखोलाबाट चौरिखर्क नाम्चे हुदै सगरमथा बेस क्याम्पसम्म पर्यटन पदमार्ग स्तरोन्नति।
३. नाजिङचौरबाट चेरेम हुदै कोठेसम्मको नया पर्यटन पदमार्ग निर्माण महाकुलुङ
४. थुलुङ दुधकोशि ९ कुरिमाबाट धर्मडाँडा घ्याङखर्क हुदै साल्पा पोखरीसम्मको पर्यटन पदमार्ग निर्माण ।
५. नेचासल्यान फुर्के मन्दिरदेखि गौरिटापसम्मको पदमार्ग तथा म्याराथुन ट्र्याक निर्माण
सहरी बिकासतर्फः
१. हिमाली शहर बिकास अन्तर्गत लुक्लाको शहरी बिकास कार्यक्रम शिक्षा
१. सोलुखुम्बु बहुमुखि क्याम्पसलाई आंगिक क्याम्पस बनाउनको लागी आवश्यक पर्ने बजेट ।
२. आयुर्वे्िदक अनुसन्धान केन्द्र निर्माणको लागी आवश्यक बजेट ।
कृषिः
१.प्रधानमन्त्रि कृषि आधुनिकिकरण परियोजना अन्तर्गत सोलुमा थुलुङदुधकोशि गाउँपालिका, सोलुदुधकुण्ड नगरपालिका, नेचासल्यान गाउँपालिका र माप्यदुधकोशि गाउँपालिका मिलाएर किविजोन निर्माण ।
२. लिखुपिके गाउँपालिका र महाकुलुङ गाउपालिकालाई अलैचि पकेट क्षेत्र घोषणा गरी त्यसका लागी आवश्यक बजेट । कतिपय योजनाहरु कार्यन्वयनको क्रममा रहेका तथा कतिपय छुटेका योजनालाई बिभिन्न सरकारी संजाल मार्फत कामहरु अगाडि बढाईने बताएका छन्।