माप्यदुधकोशीमा बोलेरो दुर्घटना, ४ जना गम्भिर घाइते

समाचार

सन्देशबाहक, काठमाडौं । सदरमुकाम सल्लेरीबाट माप्यदुधकोशीको जुभिङका लागि हिडेको बोलेरो दुर्घटना हुँदा ४ जना गम्भिर घाईते भएका छन् । माप्यदुधकोशीको झ्यार्लु भीर नजिकै भएको दुर्घटनामा बोलेरोमा सवार ४ जना गम्भिर घाईते भएका हुन् ।

पार्किङ गरेर डाइभर फोनमा कुराकानी गर्न गाडिबाट बाहिर निस्एि लगत्तै गाडि आफै गुडेपछि दुर्घटना भएको स्थानीय प्रदीप राईले बताए । घाइतेहरुको पहिचान खुलेको छैन । घाइतेहरुको उपचार स्थानीय खास्ताप स्वास्थ्य चौकीमा भैरहेको स्थानीय राईले बताए ।