माप्य दुधकोशी गाउँपालिकामा प्लम्बिङ तालिम सुरु

समाचार सूचना प्रविधि

सन्देशबाहक, काठमाडौं : माप्य दुधकोशी गाउँपालिकाको आर्थिक सहयोगमा काँकु समावेशी विकास समिति काठमाडौंले व्यवसायिक तथा सीप विकास तालिम केन्द्र इटहरीको प्राविधिक सहयोगमा १ महिने आधारभूत प्लम्बिङ तालिम उद्घाटन समारोह सम्पन्न भएको छ ।

देशमा व्यप्त बेरोजगारी समस्यालाई समाधान गर्न काँकु समावेशी विकास समिति काठमाडौंले युवाहरुलाई तालिम उपलब्ध गराएको हो । कार्यक्रम गाउँपालिका अध्यक्ष बुद्धि किरण राईले कार्यक्रम उद्घाटन गर्दै स्थानीय सरकारले युवा स्वरोजगार बढाउन यस्ता सीप मुलक तालिम सञ्चालन गरेको र नागरिकको पनि दायित्व रहेको बताए ।

स्थानीय बुद्धिजीविहरुको बाक्लो उपस्थितिमा गाउँपालिका अध्यक्षको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त तालिममा ४ नं. वडाध्यक्ष डबल सिंह राई, व्यवसायिक तथा सीप विकास तालिम केन्द्र, इटहरीका निवर्तमान अधिकृत जेट बहादुर राईले बोल्दै हामीले विदेशमा गएर तल्लो स्तरको काम गर्न भन्दा यहि स्वरोजगार हुन आग्रह गरे ।

काँकु समावेशी विकास समिति काठमाडौंका अध्यक्ष चन्द्र बहादुर राईको अध्यक्षतामा समपन्न कार्यक्रममा संस्थाका महासचिव तिलक राईले सञ्चालन गरेका थिए भने यस तालिमको प्रमुख उद्देश्य भनेको देशका बेरोजगार युवायुवतीहरुलाई सीपमूलक बनाएर आफ्नै देशमा आम्दानी गर्नको लागि वातावरण सिर्जना गर्नु रहेको महासचिव तिलक राईले सन्देशबाहकलाई बताए ।