विष्णु परियार र राजन बख्रेलको ‘राष्ट्रपति’ गीतले बजारमा तहल्का पिट्दै (भिडियोसहित)

कला/साहित्य देश भिडियो

एउटा कार्यक्रम चलिरहेको छ भित्र । त्यो कार्यक्रममा राष्ट्रपति र प्रधानमन्त्रीको उपस्थिति रहेको छ । बाहिर प्रहरी चौकिदार उनीहरुको सुरक्षा सेवामा तल्लिन छन् । जो कसैलाई ती सुरक्षाकर्मीले भित्र छिर्न दिइरहेका छैनन् । तर, यतित्तकैमा एकजना युवक सरासर त्यो कार्यक्रमभित्र छिर्न खोज्छ तर, त्यो सुरक्षाकर्मीले दिँदै दिँदैन । र, दुईबीचमा गन्थन सुरु हुन्छ ।

सुरक्षाकर्मीः भित्र राष्ट्रपति प्रधानमन्त्री हुनुहुन्छ । भेट्न पाउनुहुन्न ?
युवकः किन भेट्न नपाउने ? चुनावमा हामीले नै चुनेर उनीहरुलाई राष्ट्रपति र प्रधानमन्त्री बनाउने । अनि हामी जनताले नै उनीहरुलाई किन भेट्न नपाउने ?
सुरक्षाकर्मीः हैन । हुन्न । तपाईले भेट्न पाउनुहुन्न ।
युवकः अहिले वर्ता कुरा नगर्नुस् । अहिले यहिँ सरापेर बेहोस बनाइदिउला ।

र, अन्तमा बलजफ्ती गरेर त्यो युवक सरापे अर्थात् यादव देवकोटा राष्ट्रपति र प्रधानमन्त्रीको सामुन्ने पुग्छ ।

झण्डै दुई लाख दर्शकले हेरिसकेको ‘सुन सुन राष्ट्रपति’ यो युट्युब भिडियो तिज लक्षित बनाइएको सन्देशमूलक भिडियो हो । राजनीतिक परिवेशलाई व्यंग्य गरेको यो तीज गीतलाई विष्णु परियार र राजन बख्रेलले स्वर दिएका छन् । केही समयअघि सार्वजनिक गरिएको ‘सुन सुन राष्ट्रपति’ बोलको तीज गीतले बजारमा राम्रै उपस्थित जमाइरहेको छ ।

दिलीप रेग्मीको शब्द सङ्गीतमा बनेको यस गीतले देशको राजनीतिक परिवेशलाई दह्रोसँग व्यंग्य हानेको छ । चुनावका बेला जनताको घर घरमा भोट माग्न आउने राजनीति दलहरु निर्वाचनको मत परिणामबाट जित हासिर गरेर सत्तामा पुगिसकेपछि देखाउने अनावश्यक ढर्रालाई गीतले चोटिलो प्रहार गरेको छ ।

भिडियोमा सरापे अर्थात् यादव देवकोटाले अभिनयबाट दर्शकलाई पछिल्लो राजनीतिक गतिविधिको बारेमा बताएको छ भने गीतमार्फत् राजनीतिक आश्वासन, नेताहरूको झुटा सपना र चिप्ला–चिप्ला भाषणले सर्वसाधारणलाई दिक्क पारेको गीतले बोलेको छ । गीतमा ‘चाहिँदैन पानी जहाज र चाहिँदैन रेल । सुखैले बाँच्न पाइयोुस् दुई दिन बाचुन्जेल’ भनेर झुटा आश्वासन नबाड्न सुझाव दिइएको छ ।

मुलुकमा रोगव्याधीझैँ बिकराल रुप लिँदै गरेको बलात्कार, हत्या, हिँसा नभई सुखले देशले सास फेर्न सकोस भन्ने सन्देश दिइएको छ । यसरी सरकारको कामभन्दा पनि नचाहिँदा झुटा आश्वासन देखाएर जनतालाई उल्लु नबनाउन उक्त गीतमार्फत् भनिएको छ । यद्यपि, उक्त गीतको भिडियोलाई दिलीप रेग्मीले निर्देशन गरेका छन् भने सम्पादन रोशन धितालको रहेको छ ।

निरेन श्रेष्ठको कोरियोग्रफि, अलिन रायमाझी, दिलीप रेग्मी र यादव देवकोटाको फिचरिङ रहेको उक्त गीतको भिडियोमा अम्बिका जिसी रोका ‘राष्ट्रपति’, दल बहादुर केसी ‘प्रधानमन्त्री’ र माधव अधिकारी ‘गृहमन्त्री’का रूपमा उपस्थित रहेका छन् ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोलाः