चस्मा लगाएकोले नवनियुक्त मन्त्री भट्टराईको आँशु खसेको देखिएन, माधवकुमार नेपाल पनि उसैगरी भावुक बने

देश राजनीति समाचार

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई मन्त्री भएपछि धेरैले उनीबाट प्रगतिको अपेक्षा गरेका छन् । मन्त्रालयले युवा नेता पाएकाले पनि सबैले उनीबाट प्रगतिको अपेक्षा गर्नु स्वभाविकै हो । यद्यपि, उनी मन्त्री भएपछि आइतबार पहिलो पटक प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध संसदीय समितिको बैठक बसको थियो । जहाँ पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसँगै उपस्थित भए, नवनियुक्त मन्त्री भट्टराई ।

नवनियुक्त मन्त्रीलाई समितिमा उपस्थित सांसदहरुले बधाइ त दिने नै भए । र, उनले पनि सबैको बधाईँ मुसुक्क हाँस्दै थापे । तर, बधाई खाइसकेपछि उनी एकाएक ल्फासब्याकमा फर्किए र भाबुक बने । गला अवरुद्ध भयो । चस्मा लगाएको हुनाले उनको आँखाबाट आँशु झरेको सजिलै देख्न सकिँदैनथ्यो ।

पूर्व कृषिमन्त्री हरिबोल गजुरेल रुदा निक्कै भाइरल बनेको थियो । अहिले यो भन्दा फरक प्रसंगमा नवनियुक्त मन्त्री भट्टराई क्यामेरासामू भावुक बनेका छन् । मन्त्री भट्टराई रुनाको कारण थियो, २०४३ सालमा गम्भीर विराम हुँदा पूर्वप्रधानमन्त्री नेपालको साथ । त्यतिबेला उनी दुई महिना त्रिवि शिक्षण अस्पतालमा थला परेर बसेका थिए । जतिबेला उनलाई डाक्टरले नै माया मारिसकेक थिए । तर, भगवानको कृपाले आफूँ निको भएको उनले सुनाए । समितिमा उनले भने, ‘अस्पतालमा रहँदा पुर्वप्रधानमन्त्री नेपाल आएर सुम्सुम्याएको क्षण मैले बिर्सिएको छैन ।’ त्यसपछि उनको गला अवरुद्ध भयो ।

मन्त्री भट्टराईअघि आफ्नो सल्लाह, सुझाव राखेर बिदा भएका पूर्व प्रधानमन्त्री नेपालले भट्टराईलाई पर्यटन मन्त्रालयले गर्नुपने कामबारे सुझाव दिएका थिए । भने भट्टराईले पनि उनको कुरालाई ध्यान दिएर सुनेका थिए । र, उनले आफ्नो बोल्ने पालोमा पूर्वप्रधानमन्त्रीका सुझाव आफ्ना लागि मार्गदर्शन र्भएको बताएका थिए । तर, त्रिविको क्षण सम्झेर एक्कासी भावुक बन्दा नेपाल पनि उसैगरी टोलाए । समितिको बैठकमा नेकपाका नेता अग्नि सापकोटालगायत अन्यको उपस्थित रहेको थियो ।