राष्ट्रसेवक कर्मचारी भएर कतै पढ्न छुटाउनु त भएको छैन ! हेर्नुस् कस्को तलब कति बढेछ ?

अर्थ देश समाचार

काठमाडौं । अर्थमन्त्रालयले राष्ट्रसेवक कर्मचारीहरुको तलवमान सार्वजनिक गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले कर्मचारीको तलबमान निर्धारण गरेसँगै आइतबार कर्मचारी र शिक्षकको नयाँ तलवमान सार्वजिनक गरेको हो ।

मन्त्रालयले चालु आर्थिक वर्षदेखि लागू हुने गरी बढेको तलबमान मुख्य सचिवदेखि गाउँपालिकामा काम गर्ने कर्मचारी तथा शिक्षकहरुसम्मकोको नयाँ तलवमान सार्वजानिक गरेको छ ।

अर्थमन्त्रालको वेवसाइटमा देखिएको नयाँ तलवमानमा निजामती सेवा अन्तरगत ग्रेड सुविधा समेत गरी मुख्यसचिवको ५८ हजार ८८०, सचिवको ५४ हजार ८४८, सहसचिवको ४९ हजार ५१६, उपसचिवको ४३ हजार ३४८, शाखा अधिकृतको ३८ हजार ६३६ रुपैयाँ पुगेको छ । प्रधानसेनापतिको ५८ हजार ८८०, नेपाल प्रहरी र शसस्त्र पहरी महानिरीक्षकको ५४ हजार ८४८ रुपैयाँ पुर्याइएको ।

त्यस्तै, राष्ट्रपतिको १ लाख ५० हजार ४५०, उपराष्ट्रपतिको १ लाख ८ हजार ३०, प्रधानमन्त्रीको ७७ हजार २८०, उपप्रधानमन्त्रीको ६५ हजार २००, मन्त्रीको ६० हजार ९७०, राज्यमन्त्रीको ५७ हजार ७८० र सहायक मन्त्रीको ५६ हजार ४९० रुपैयाँ रहेको छ भने सभामुखको ६७ हजार ३२०, उपसभामुखको ६० हजार ९७०, साँसदको ५५ हजार २३०, राष्ट्रिय योजना आयोगको उपाध्यक्षको ६० हजार ९७० र सदस्यको ५६ हजार ४९० रुपैयाँ पुगेको छ ।

यस्तै सर्वोच्च अदालतको प्रधानन्यायधिशको ७३ हजार ६८०, न्यायधिशको ६० हजार ९७० निर्धारण गरिएको छ । त्यस्तै, हेभी चालक, हलुका सवारी चालक, हुलाकी, कार्यालय सहयोगी सबैको तलवमान सार्वजनिक गरिएको छ । सबैले सजिलै अर्थमन्त्रालयको वेवसाइटमा हेर्न सकिन्छ । साउन १ गतेदेखि लागू हुने गरी मन्त्रालय, आयोग, सचिवालय तथा कार्यालय र प्रदेश तथा स्थानीय तहमा समायोजन भएका राष्ट्र सेवक कर्मचारीहरूको बढेको तलबमान, ग्रेड र प्राविधिक ग्रेड यस प्रकार रहेको छ ।

हेर्नुहोस्, अर्थमन्त्रालयले सार्वजनिक गरेको तलवमानको पूर्ण विवरण

Salary-2076_20190804013150.pdf