‘सुन्नुस्, मदन सर ! मचाहिँ यो ग्यारेन्टी लिन सक्दिन, प्रधानमन्त्रीलाई कसरी सम्झाउनुहुन्छ त्यो तपाईको जिम्मा भो !’

अर्थ देश पर्यटन समाचार

काठमाडौं । ‘तपाइहरुले बचाउन सक्नुभएन, हातखुट्टा नै छोडेर हिँड्नुभयो भने त अब सरकारले के गर्ने भनेर सोच्नुपर्छ नै । तर, पहिलो दायित्व त तपाईंहरुकै हो। र, यसैका लागि सरकारले तपाईहरुलाई नियुक्ति गरेको हो र भागेर जान पाउनुहुन्न ।’ सोमबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश कुमार भट्टराई नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) का कार्यकारी अध्यक्ष मदन खरेललगायत अन्य टोलसँग यसरी नै टेबल गफ गरे ।

मन्त्रालयको जिम्मेवारी सम्हालेपछिको यो पहिलो उनको कर्मचारीसँगको टेबल वार्ता हो । कुराकानीका क्रममा उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई यू–टर्न नगर्दासम्म निगमले एक रुपैयाँ नपाउने पनि प्रष्ट रुपमा बताए । मन्त्री भट्टराईले निगमले अहिलेको योजनाअनुसार २० अर्ब रुपैयाँ पाउने अवस्था नरहेको दाबी गर्दै निगमका कार्यकारी अध्यक्ष खरेलको कार्यशैलीप्रति अलि खरो रुपमा प्रस्तुत भए । ‘तपाई बुढेसकालमा पनि नेपाल एयरलाइन्स चलाउँछु भनेर लाग्नुभएको छ तर, निगमको अवस्था भने नाजुक भइसकेको छ । निगमलाई थला पारेर जहाँ जहाँ जुनसुकै कुना काप्चामा पुग्नुहोस निगम डुबाएर आएको हो यसले भनेर त भनिहाल्छन्। यसरकाण तपाई हाम्रो परिचय त्यही हुन्छ, जहाँ गएपनि घोसेमुन्टो लगाउनुबाहेक केही विकल्प हुँदैन।’

मन्त्री भट्टराईले कर्मचारीको यहिँ निकम्मताको कारण रकम छुटाउन नसक्ने स्पष्ट रुपमा बताएको पनि जानकारी दिए । यद्यपि, सरकारबाट रकमको आश गर्ने हो भने आश लाग्दो काम गर्न पनि उलने सुल्झाए । यसअघि भने, ‘प्रधानमन्त्रीज्यूले रकम निकासा नगर्ने भन्नुभएको छैन । तर, तपाईंहरुले आशा, भरोसा जगाउने र जोगाउने ठाउँ नै राख्नु भएको छैन । यसकारण त्यो काम गर्न अग्रसर हुनुस् । राष्ट्रिय ध्वजाबाहक भएको निजी वायुसेवा कम्पनीले जस्तो सेवा दिन सकेनौं, थन्काउँछौं भन्न मिल्दैन।’

उनले निगममा राज्यको लगानी रहेको मात्र नभई विभिन्न ठाउँबाट पनि सेवा दिइरहेको प्रष्ट पार्दै भने, ‘निगमले पहाडी तथा दुर्गम क्षेत्रमा पनि सेवा दिइरहेको छ । जुन एकदमै सकारात्मक पाटो हो । तर, आज हामी यस्तो अवस्थामा आइपुग्नु नालायकपन हो । यो प्रवृत्ति सुधारौँ ।’ उनले यसअघि भने, ‘निगमलाई यो ठाउँमा तपाईहरुले नै पुर्याएको त हो होइन र ? कोही प्रधानमन्त्री आएर त यहाँ व्यापार गरेको त हैनन् नि।’

विगतको कुरालाई उप्काउँदै मन्त्री भट्टराईले कर्मचारीहरुलाई अझ सम्झाई बुझाई गरे । कुनैबेला कुनै एयरलाइन्स नचढेर विदेशी पर्यटकहरु राज्यको लगानी रहेको नेपाल एयरलाइन्सनै चढ्थे तर, त्यतिका धेरै विरासत बोकेको निगमको अवस्था कसरी धरासय भयो ? भन्दै उनले प्रश्नको उत्तर पनि मागे । भने, ‘त्यतिबेलाको विरासत जोगाउन पनि तपाईहरुजस्तै राष्ट्रसेवक कर्मचारीको योगदान छ । र, तपाईहरुले त्यो योगदान पुर्याउन सक्दिन भन्ने पनि त छैन । आखिर किन हिजोको भन्दा अझ दमदार ढंगले चल्न सक्छौं भनेर प्रमाणित गरिसक्नु भएन । यहाँनिर हाम्रो कमजोरी छ । यो हामीले सच्याउन जरुरी छ ।’

२० अर्ब रकमको प्रसंग बीचमा उप्काउँदै उनले फेरी पहिल्यकै कुरा दोहोर्याएर भने, ‘सुन्नुस्, मदन सर ! तपाईंले प्रधानमन्त्रीलाई यू–टर्न गर्नुपर्छ। र, गराउन सक्नुहुन्छ भने गराउनुहोस्। त्यसपछि म सहयोग गरौंला। तर मुख्य दायित्व तपाईंको नै हो। तर, यो पनि बुझ्नुस् कि प्रधानमन्त्रीको हाउभाउ हेर्दा २० अर्ब रुपैयाँ लिन उहाँलाई नै यू–टर्न गर्नुपर्छ।’ उनले फेरी भने, ‘ल मानिलिउ, सरकारले २० अर्ब रुपैयाँ त दियो र्, अब तपाईंहरु त्यो रकम के गर्नुहुन्छ ? यसअघि भन्नुभएको छ २० अर्ब पाएपछि दायित्व र ऋणको सन्तुलन मिलाइने । तर, सरकारले मरिगए यस्तो योजनामा रकम निकासा गर्दैन । त्यसैले मचाहिँ यसमा ग्यारेन्टी बस्न सक्दिन । यसमा तपाईले नै कसरी प्रधानमन्त्रीलाई सम्झाउने हो तपाईको जिम्मा भो ।’ यसरी तार्किक, खरो, विषयवस्तुसंवत मन्त्री भट्टराईले कर्मचारीहरुसँग प्रस्तुत भएर सम्झाई बुझाई गरेका हुन् ।