अमेरिकामा ६ सय ८० आप्रवासी पक्राउ

प्रवास फोटो फिचर समाचार

दधिराम खतिवडा
अमेरिका । मिसिसिपी राज्यको मोरोनमा रहेका ७ वटा खाद्य प्रशोधन केन्द्रमा युएस इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट आइसले छापा मार्दा ६ सय ८० जना बिदेशी आप्रवासी कागजपत्रविहिनहरु पक्राउ परेका छन् । उक्त घटनालाई अमेरिकाको इतिहासमा एकैपटक एउटै सर्वाधिक राज्यमा गरिएको सबैभन्दा ठूलो अध्यागमन कारवाही भनिएको छ ।

आइसिइ निर्देशक माथ्यू आल्वेनेका अनुसार एउटै राज्यमा यति धेरै संख्यामा पक्राउ परेको पहिलो चोटी हो । यसका लागि आइसिइले करिव एक महिनाको पुर्बयोजना वनाएको थियो ।

मिसिसिपिको कान्टोन र सेवेस्तापुल लगायतका स्थानमा सोमवार देखि नै आइसइका केही एजेन्ट देखा परेपनि बुधवार एकै पटक झण्डै ६ सय एजेन्टलाई परिचालन गरेको आइसिइले जनाएको छ ।

आइसिइले विशेषत वे स्प्रिङ कार्थहेज, केनोनलगायतका ग्रामिण भेगहरुमा छापा मारेको थियो । पक्राउ पर्ने अधिकांस दक्षिण अमेरिकी नागरिक रहेका छन । उनीहरु अबैधानिक मार्गबाट अमेरिका प्रबेश गरी लुकेर वायर हाउस र कृषिजन्य कामहरुमा संलग्न थिए ।