असफलतालाई झेलेर सफलता चुमेका व्यक्तिहरु, जस्ले राजालाई नै पछि पारे

अर्थ देश समाचार

भनिन्छ, असफलता झेल्न आँट नहुनेहरु सफलताको हकदा हुन सक्दैनन् । आज यी धनाढ्य व्यक्तिहरुले हिजो असफलतासँग सिँघौरी खेल्दै सफलताको बाटोतिर उन्मुख नभएका भए आज उनीहरु कहाँ हुन्थे होला । तर, उनीहरुले असफलतालाई फेस गरे र पुगे शिखरमा । जो कसैको आलोचना गर्न सजिलो छ तर, सफल व्यक्ति वा व्यवसायी बन्न चानचुन्ने परिश्रम र महेनतले पग्दैन । सफलता हात पार्नका लागि वर्षाै तपस्या गर्नुपर्ने हुन्छ । जस्ले दिनरात आफ्नो कामलाई माया गर्छ उस्ले नै सफलताको शिखर चुम्दछ । अर्काे कुरा, राजालाई नै पछि पार्दै अघि बढेका धनाढ्य व्यक्तिहरुको सम्पत्ति विवरण यहाँ प्रस्तुत गरिएको छ :

१. विनोद चौधरी
चौधरी ग्रुपका मालिक विनोद चौधरी फाब्र्स पत्रिका अर्बपतिका रुपमा आफ्नो पहिलो नाम दर्ज गराउन सफल पहिलो नेपाली हुन् । उनी विश्वको एक हजार तीन सय ४२औँ धनाढ्य व्यक्ति हुन् । उनको विश्वमा ८० देशमा कम्पनीहरु सञ्चालित रहेका छन् । उनको कूल सम्पत्ति एक अर्ब ६० करोड डलर रहेको छ ।

२.शेष घले
गैरआवासीय नेपाली संघका अध्यक्ष तथा मेलवार्न इन्सिटच्युट अफ टेक्नोलोजीका सिइओ रहेका शेष घले अष्ट्रेलियाको धनाढ्य सूचिमा अटाएका नेपाली नागरिक हुन् । उनी अष्ट्रेलियाका ९९औँ धनाढ्य व्यक्ति हुन् । उनको कूल सम्पत्ति ४१ करोड डलर रहेको छ ।

३. उपेन्द्र महतो
विद्युतिय सामग्रीको व्यापारबाट उदाएका धनाढ्य उपेन्द्र महतो तेस्रो स्थानमा छन् । उनी टिभी कम्पनीका मालिक हुन् । उनको कम्पनीबाट वार्षिक दश लाख टिभी उत्पादन हुन्छन् । हाल उनी एक क्षेत्रमा मात्र सीमित नभई तेल, बैंक, अटोमोबाइलको क्षेत्रमा पनि उत्तिकै सक्रियताका साथ लागि पर्दै व्यवसायलाई तन्काइरहेका छन् । उनको कूल सम्पत्ति ३६ करोड डलरदेखि एक अर्बको हाराहारीमा रहेको छ ।

४. अजय सुमार्गी
कुनै बेला जुटको बोरा उठाएर करोडपत्ति बनेका अजय सुमार्गी चौँथो श्रेणीमा छन् । हेटौँडामा जन्मिएका सुमार्गी मुक्तिश्री प्रालिका अध्यक्ष नेकपाका अध्यक्ष प्रचण्डका दाहिने हात पनि हुन् । प्रचण्डको वित्तिय कारोबार उनले नै हेर्ने गरेको पनि चर्चा अझैँ छ । उनको कूल सम्पत्ति २० करोड डलर रहेको छ ।

५.आदित्य झा
पाँचौ स्थानमा रहेका नेपाली मूलका क्यानेडियन नागरिक आदित्य झा एक सामाजिक अभियन्ता तथा समाजसेवी पनि हुन् । उनको कूल सम्पत्ति दश करोड डलर रहेको छ ।

६. जिवा लामिछाने
छैटौँ स्थानमा रहेका छन्, जिवा लामिछाने । उनी टिभी उत्पादन गर्ने प्रसिद्ध कम्पनीका म्यानेजिङ डाइरेक्टर हुन् । उनी सामसुङ, एलजीलगायत मोबाइल कम्पनी रसियाका लागि डिलरका रुपमा कार्यरत छन् । उनको कूल सम्पत्ति सात करोड २० लाख डलर रहेको छ ।

७. पशुपति शम्शेर जबरा
राजभन्दा पनि धनी रहेका, राणा परिवारमा जन्मिएका पशुपति शम्शेर जबरा सातौँ स्थानमा रहेका छन् । उनी राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पनि हुन् । उनको कूल सम्पत्ति आठ करोड चालिस लाख डलर रहेको छ ।

८. बलराम चैनराई
आठौंँ स्थानमा रहेका बलराम चैनराई ओखलढुंगामा जन्भिएका हुन् । हाल उनी सपरिवारका साथ हङ्कङ्मा रहेर व्यवसाय गरिरहेका छन् । उनी साउथ एसियन इन हङ्कङका अध्यक्षसमेत हुन् । उनको कूल सम्पत्ति सात करोड डलर रहेको छ ।

९.राजेन्द्र खेतान
नवौ सूचिमा खेतान परिवारमा जेठो सन्तानका रुपमा जन्मिएका राजेन्द्र खेता रहेका छन् । उनी एक सफल व्यवसायी हुन् । हाल उनले खेतान ग्रुपको कमाण्ड गरिरहेका छन् । खेतान ग्रुपमा १३ वटा कम्पनीहरु रहेका छन् । उनी लक्ष्मी बैंक, प्राइम बैंक र इसु इन्स्योन्सका सिइओ पनि हुन् । उनको हाल कूल सम्पत्ति छ करोड बीस लाख डलर रहेको छ ।

१०.पूर्वराजा ज्ञानेन्द्र शाह
नेपालको १० धनाढ्यहरुको सूचिमा अटाएका छन्, पूर्वराजा ज्ञानेन्द्र शाह । राज परिवारमा जन्मिएका उनले सन् २००१ देखि ००८ सम्म शासन चलाएका थिए । उनको १७ वटा कम्पनी शेयर लगानी रहेको छ । उनको कूल सम्पत्ति पाँच करोड असी लाख डलर रहेको छ ।