पाथीभरा माताको दर्शनपश्चात् हेर्नुहोस् आज–३० साउन २०७६ बिहीबारको राशिफल

देश

मेष
प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि श्रेष्ठ समय रहेकोछ । आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ । धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ ।

वृष
आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ । बित्तिय संस्थाबाट सहयोग पाईनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । पुनर्मिलनको योग रहेको छ ।

मिथुन
मनमा दुविधा उत्पन्न हुनेछ । गरेका काममा ढिलासुस्ती हुनेछ । साझेदारीको काममा उल्झन आउनेछ । साँझपख शुभ समाचार आउनेछ ।

कर्कट
परिश्रम गर्दा धनार्जन हुनेछ । ठीक समयमा सही निर्णय लिन सकिनेछ । वैदेशिक कार्य अघी बढ्नेछ । शेयरको कारोवारबाट सफलता मिल्नेछ ।

सिंह
रमणीय र सुखद् यात्राको योग छ । पार्टी तथा सेमिनारमा सहभागी भईएला । सांगीतिक क्षेत्रमा रुची बढ्नेछ । शत्रु पराजित हुनेछन् ।

कन्या

एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । नयाँ व्यक्तिसंग भेटघाट हुनेछ । लगनशीलताले कामहरू अगाडी बढ्नेछन् ।

तुला
स्वास्थ्यमा समस्या आउनेछ । अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । दबाब र तनाव बढेको महसुस हुनेछ । अनावश्यक यात्रा हुनेछ ।

वृश्चिक
नसोचेको ठाउँबाट धनागम हुनेछ । मनोरञ्जनमा सहभागीता भइएला । बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । आर्थिक कारोवारमा सफलता पाइएला ।

धनु
धार्मिक तथा संस्कृति क्षेत्रमा रुची बढ्नेछ । कलकारखाना र बन्दव्यापारमा फाइदा हुनेछ । विपरीत वर्गप्रति आकर्षणपनि बढ्नेछ ।

मकर
साथीभाईसंग समय बित्नेछ । व्यवसायको सन्दर्भमा आदर्श ब्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । भूमिबाट लाभ रहनेछ ।

कुम्भ
यात्रामा मालसामान हराउन सक्छ । गलत निर्णय लिन पुगिएला । प्रयत्न गरे फाइदा लिन सकिनेछ । चोटपटकको भयछ सचेत रहनुहोला ।

मीन
महत्त्वपूर्ण कामको थालनी हुनेछ । मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ । डेकोरेसनको क्षेत्रमा पर्याप्त लाभ मिल्नेछ ।

–ज्यो.प. नारायणप्रसाद दुलाल