सामाजिक सञ्जालमा पत्रकार किशोर श्रेष्ठ भन्दै अर्कै व्यक्तिलाई तथानाम गाली गलैज

देश समाचार

काठमाडौं । मृतक पत्रकार शालिकराम पुडासैनीको भिडियो रेकर्ड सुनियोजित ढंगले सार्वजनिक गरेर न्युज २४ टेलिभिजनका ‘सीधा कुरा जनता’ सँगका प्रस्तोता रवि लामिछानेलाई फसाउने खोज्ने पत्रकार किशोर श्रेष्ठ यहिँ हो भन्दै अर्कै व्यक्तिलाई अन्जानमा विभिन्न व्यक्तिहरुले जथाभावी गाली गलैज गरेका छन् । मोरङ जिल्लाका स्थायी बासिन्दा किशोर श्रेष्ठलाई रवि लामिछानेका समर्थकहरुले उनलाई प्रेस काउन्सिलका कार्यबाहक अध्यक्ष किशोर श्रेष्ठ भन्दै तथानाम धम्कि र गाली गलैज गरेका हुन् ।

  

फेसबुकमा रतुवामाई नगरपालिका सिजुवा मोरङ, उर्लाबारीका स्थायी उनी हाल अष्ट्रेलियामा रहेको देखिन्छ । उनले आफूलाई प्रेस काउन्सिल नेपालको कार्यबाहक अध्यक्ष भन्दै तथानाम गाली गलैज खेप्नुपरेको भन्दै अलिकति बुझेर म्यासेज गर्न अनुरोध गरेका छन् ।

उनले फेसबुकमार्फत् आफूँ पत्रकार किशोर श्रेष्ठ नभएको अनुरोध गर्दै भनेका छन्, ‘पत्रकार सालिकराम पुडासैनीको भिडियो रेकर्ड सुनियोजित ढंगले सार्वजनिक गरेर रबि लामिछानेलाई फसाउन खोज्ने पत्रकार किसोर श्रेष्ठ भन्दै मलाई म्यासेजमा जथाभावी गाली गर्ने अनि कमेन्टमा मेन्सन गरेर गाली गर्नेहरुलाई बुझेर म्यासेज गर्न अनुरोध गर्दछु कि म त्यो किसोर श्रेष्ठ हैन है त । अलिकति धैर्यताको साथ सोचेर, बुझेर मात्र गाली गर्नु होला !’

सामाजिक सञ्जालको गलत प्रयोगका कारण र नाम जुधेपछि उनलाई पत्रकार लामिछानेका समर्थकले म्यासेजमा गाली गलैज गरेका छन् ।