रवि लामिछानेको हिरासतको बसाई लम्बिन सक्ने, एसपी मल्लले लामिछानेको अन्तर्वार्ता लिनेलाई कारबाही गर्ने

देश समाचार

चितवन । न्युज २४ टिभी ‘सीधा कुरा जनतासँग’ का प्रस्तोता रवि लामिछाने, पत्रकार युवराज कँडेल र अस्मिता कार्कीको हिरासतको बसाइ लम्बिन सक्ने सम्भावना देखिएको छ ।

न्यायिक हिरासतमा रहेका रवि लामिछाने र अस्मिता कार्कीले दिएको बयानमा दुवैको मत बाझिन पुगेकाले हिरासतको बसाई लम्बिने देखिएको हो । उनीहरुले दिएको बयानमा दुई जनाको मत आपसमा बाझिएको चितवन वार एशोसिएसनका पूर्वअध्यक्ष समेत रहेका अधिवक्ता गोपीलाल देवकोटाले बताएका हुन् । साथै, अनुसन्धानका बाँकी कामहरु अझैँ नसकिएकाले तेस्रो पटकका लागि म्याद थप हुने सम्भावना देखिएको हो ।

अधिवक्ता देवकोटाका अनुसार अस्मिताले आफ्नो कारणले नभई रवि र युवराजका कारण आत्महत्या गरेको हो भनी बयान दिएकी छन् । उनले बयानमा अस्मिताले मेरो कारणबाट शालिकरामले आत्महत्या नगरेको बयान दिएका छन् । यसरी अस्मिताले बयानमा आफ्नो र शालिकरामको सम्बन्ध राम्रो रहेको र आफूले शालिकरामलाई विवाहित हुनुहुँदो रहेछ भनेर एक पटक मात्रै सोधेको बताएकी छन् भने उता रविले पनि बयानमा आफ्नो कारणले घटना नघटेको बयान दिएका छन् ।

यसरी दुवैका जनाको मत बाझिन पुगेकाले म्याद थप हुन सक्ने सम्भावना देखिएको छ । यद्यपि, रविले आफूले अस्मितालाई प्रहरी नियन्त्रणमा आएपछि मात्रै देखेको बताएका छन् भने अस्मिताले यसअघिबाटै चिनजान रहेको बयान दिएकी छन् । यसरी दुवैका मत फरक फरक आएको अधिवक्ता देवकोटाले जानकारी दिएका छन् ।

यसकारण म्याद थप हुने सम्भावना देखिएको छ जब कि अभियोगपत्र समेत तयार नभएकाले तिनै जनाको म्याद थपिने सम्भावना देखिएको हो । स्रोतका अनुसार हाल घटनास्थल वरपरका व्यक्तिहरुको बयान, डोरी किनेको पसल सञ्चालकको बयान लिइरहेको साथै अन्य प्रमाणहरु संकलन गर्ने र अनुसन्धान गर्ने कामहरु भइरहेको छ भने बाँकी अनुसन्धानका कामहरु सकिएको छैन । यद्यपि, पोष्टमार्टम रिपोर्ट, डोरी किनेको सीसीक्यामराको फुटजलगायतका प्रमाणहरु हेर्दा भने आत्महत्या नै हो भन्ने पुष्टि हुने देखिएको छ । अब, यसको फैसला अदालतले गर्न बाँकी छ ।

यसरी यता, रवि र अस्मिताबीच मत बाझिँदा उता चितवन प्रहरी प्रमुख दानबहादुर मल्लले न्यायिक हिरासतमा रहेका पत्रकार रवि लामिछानेको अन्तर्वार्ता लिने व्यक्तिलाई कारबाही गरिने चेतावनी दिएका छन् ।

जिल्ला प्रमुख प्रहरी उपरीक्षक दान बहादुर मल्लले रविले आफूलाई प्रहरीबाटै असुरक्षा रहेको बताइरहेका बेला यस्तो चेतावनी दिएका हुन् । उनले हिरासतमा रहेका लामिछानेको एक अडियो अन्तर्वार्ता सार्वजनिक भएपश्चात् कसैलाई अन्तर्वार्ता लिन नदिने र लिने व्यक्तिलाई कारबाही गर्ने चेतावनी दिएका छन् ।

एसपी मल्लका अनुसा अनुसन्धानको दायरामा रहेका व्यक्तिको अडियो, भिडियो अन्तर्वार्ता सार्वजनिक गर्न नपाइने तर्क छ । यसअघि एक जना पत्रकारले रविको हिरासतको भिडियो सार्वजनिक गरेका थिए । अहिले त्यो भिडियो बाहिर ल्याएको विषयमा पनि छानविन भइरहेको उनले बताएका छन् ।