चार कुरामा समर्थन गर्नुपर्छ भन्दै माग्ने बूढाले भने,‘अब, रवि दाईलाई बचाउन खुलेर साथ दिने निर्णय गरियो’

देश समाचार

काठमडौं । हास्य कलाकार केदारप्रसाद घिमिरे (माग्ने बुढा) ले न्यायिक हिरासतमा रहेका न्युज २४ टिभी ‘सीधा कुरा जनतासँग’ का प्रस्तोता रवि लामिछानेको बारेमा कुनै निर्णय बाहिर नआएको भन्दै सामाजिक सञ्जाल फेसबुकमा स्टाटस पोष्ट गरेका छन् ।

दोस्रो पटकको म्याद थप गरेर हालसम्म हिरासतमा रहेका पत्रकार लामिछानको विषयमा प्रहरीले बाहिर कुनै निर्णय सार्वजनिक नगरेको भन्दै उनले अब खुलस्त रुपमा रवि लामिछाने बचाउ अभियानमा साथ दिएर लाग्ने बताएका हुन् ।

उनले लेखेका छन्, ‘आजसम्म कुनै निर्णय बाहिर नआएको र भित्रै राखेर अल्ल्झाईरहने अबस्था देखिएकोले रबि दाईलाई बचाउने अभियानमा खुलेर साथ दिने निर्णय गरियो। (सालाग्राम पुडासैनी परिवारले पनि न्याय पाउनुपर्छ) मातृभुमि,आमा, स्वधर्म र सत्य यी चार कुरामा समर्थन गर्नुपर्दछ । गाली र गाली दुबै स्विकार्य छ ।)
उनले आफूले कसैको नुन नुनखाएको भन्दै खब खुलस्त रुपमा पत्रकार लामिछानेको बचाउन अभियानमा बाहिर खुल्ला रुपमा उत्रिने बताएका छन् ।