माछा, मासुको अधिक प्रयोग गर्दै त हुनुहुन्न ? उसोभए एकचोटी पढ्नुहोस,

अर्थ देश

समुन्द्र मन्थन भन्दा पहिला स्वर्गका देवताहरु निर्धन भएका थिए भनेर हिन्दू शास्त्रमा उल्लेख छ । विष्णुपुराणमा इन्द्रले धनकी देवी लक्ष्मीको स्तुति गरेका थिए ।

देवी लक्ष्मीले मनुष्यमाथि कृपा गर्ने तर यी पाँच चीज घरमा भएमा धनको नोक्शान हुने बताएकी थिईन भनि शास्त्रमा उल्लेख गरिएको छ ।
– ‘लोभस्य पाप कारणम’ भनि शास्त्रमा उल्लेख छ । अर्थात लोभ लालचमा लिप्त भएको व्यक्तिको घरमा पनि लक्ष्मीको बास हुँदैन ।
– मासु, माछा को धेरै प्रयोग हुने घरमा पनि लक्ष्मीको बास हुन सक्दैन ।
– स्त्री पुरुष अत्याधिक कामवासनामा लिप्त रहने घरमा लक्ष्मीको लामो समयसम्म बास रहन सक्दैन् ।
– अहंकार गरेर बस्ने परिवार बस्ने घरमा लक्ष्मीको बास हुन सक्दैन ।
– स्त्रीलाई अनादर हुने घरमा पनि लक्ष्मीको बास नहुने शास्त्रमा उल्लेख छ ।