किरात खालिङ राईको ऐतिहासिक राष्ट्रिय महाधिवेशन सम्पन्न: खालिङ संस्थाले पायो पहिलो पटक महिला नेतृत्व

फोटो फिचर

काठमाडौं, २६ फागुन । किरात खालिङ राई उत्थान संघको सातौं राष्ट्रिय महाधिवेशनबाट सिताकुमारी खालिङ राईको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । शनिबार काठमाडौंको सुकेधारास्थित नवदुर्गा पार्टीप्यालेसमा आयोजित महाधिवेशनले सर्वसम्मत रुपमा नयाँ कार्यसमिति चयन गरेको हो ।

२०५८ सालमा स्थापित यस संस्थाको महिला अध्यक्ष भएको यो पहिलो पटक हो ।

नयाँ कार्यसमितिको बरिष्ठ उपाध्यक्षमा बलबहादुर खालिङ, प्रथम उपाध्यक्षमा जयकुमार खालिङ, द्धितीय उपाध्यक्षमा तिलक खालिङ, महासचिवमा कृष्ण खालिङ, सचिवमा टिआर खालिङ, महिला सचिवमा श्रद्धा खालिङ, सहसचिवमा अस्मिता खालिङ, कोषाध्यक्षमा अमृत खालिङ र सहकोषाध्यक्षमा पुनर्सिङ खालिङ चयन हुनुभएको छ ।

त्यस्तै सदस्यहरुमा संगीता खालिङ, दुर्गा प्रसाद खालिङ, मान बहादुर खालिङ, टेक बहादुर खालिङ, खिमकुमारी खालिङ, सलिना खालिङ रहनुभएको छ ।

नवनिर्वाचित कार्यसमितिलाई शनिबार नै प्रमुख निर्वाचन अधिकृत अधिवक्ता विषण खालिङले सपथ ग्रहण तथा प्रमाणपत्र प्रदान गर्नुभयो ।

नवनिर्वाचित अध्यक्ष सिताकुमारी खालिङले छोटा मन्तव्य राख्दै सके संस्थालाई राम्रो गर्ने नसके संस्थालाई नविगार्ने प्रतिबद्धता जनाउनुभयो ।

संघीय सांसद हेमकुमार राई (सुरबीर)ले उद्घाटन गर्नुभएको उक्त महाधिवेशनबाट सातबुदे घोषणापत्रसमेत जारी गरिएको छ । सो घोषणापत्रमा १ नम्बर प्रदेशलाई किरात प्रदेश नामाकरण गर्नुपर्ने, माप्य दुधकोशी गाउँपालिकालाई खालिङ गाउँपालिका नामाकरण गर्न पहल गर्ने, खालिङ भाषाको पाठ्यक्रम तथा पाठ्यपुस्तकलगायतको दस्तावेजीकरण कार्य राज्यस्तरबाट गर्नुपर्ने, आगामी २०७८ मा हुने राष्ट्रिय जनगणनामा खालिङहरुको वास्ताविक तथ्यांक निकाल्न ‘राई खालिङ’ अभियान सञ्चालन गर्नेलगायतका बुदाहरु रहेका छन् ।

महाधिवेशनमा माप्य दुधकोशी गाउँपालिकाका अध्यक्ष बुद्धिकिरण राई, किरात राई यायोक्खाका महासचिव जनक राई, जिमी (राई) उत्थान समाज सोलुका केन्द्रीय अध्यक्ष यस बहादुर राई, नेकपाका नेताद्धय कज्र्याङ शेर्पा र धु्रव पराजुली, खालिङ संस्थाको संस्थापक अध्यक्ष पर्शुराम खालिङ, पूर्व अध्यक्षहरु विषण खालिङ, रामरतन खालिङ, धन खालिङलगायतको उपस्थिति रहेको थियो