स्व.शेर्पाको श्रद्धान्जलीसभा र पत्रकार सम्मेलन एकै दिन

समाचार
  • युगल तेण्डुप शेर्पा

कोरिया । हृदयघातका कारण निधन भएका आङ कामी शेर्पाको श्रद्धान्जलीसभा र पत्रकार सम्मेलन एकै दिन गरिने भएको छ । गत शुक्रबार कोरियामा निधन भएका शेर्पाको आउने आइतबारसो कार्यक्रमहरु गरिने भएको हो । दिवंगत शेर्पाको पार्थिव शरिरलाई नेपाल पठाउन संचालन गरिएको आर्थिक गतिविधि पनि सो सम्मेलनमा प्रस्तुत गरिने भएको छ ।

लामा गुरुबाट दिवंगत आत्माको चिरशान्तिको लागि दीप प्रज्वलन गरेपछि श्रद्धान्जली दिने कार्यक्रम रहेको छ । कार्यक्रम कोरियास्थित नेपाल हाउसमा ११ बजेदेखि हुने जनाइएको छ ।