विश्वकै अनौठो अनि सुन्दर ठाउँहरु

पर्यटन समाचार

– संकलन : विजय राई

संसार अनेकन सुन्दरताले भरिपुर्ण छ । मानव जाति पनि यसैको एक सुन्दर चिज हो । जो प्रत्येक पल अन्य सौन्दर्यताहरुको खोजी गर्न रुचाउँछ । र, पत्तो लगाउँछ विश्वका कुनाकुनामा लुकेका मनोरम अनि विचित्र गन्तव्यहरु । जहाँ पुगेर दृश्यलोकन गर्दा आफुलाई भाग्यमानी ठान्छन्, मान्छेहरु । त्यस्तै विश्वकै अनौठा अनि सुन्दर पर्यटकीय गन्तव्यहरुलाई यहाँ प्रस्तुत गरिन्छ ।


  • केकुन्हेन पार्क, नीदरल्याण्ड  : यसलाई युरोपको बगैचा पनि भनिन्छ । विश्वको सबैभन्दा ठूलो यो फूल बगैंचा नीदरल्याण्डमा छ ।  केकेनहेन पार्कको आधिकारिक वेबसाइटका अनुसार- हरेक वर्ष पार्कमा लगभग ७ मिलियन फूल बल्ब बन्छ । जुन ३२ हेक्टेयर (९७९एकड) को क्षेत्रफलमा छ । केकेनहेन वार्षिक रूपमा मध्य मार्चदेखि मध्य मई सम्म खुला हुन्छ। बगैंचा हेर्नको लागि सबैभन्दा गजब समय अप्रिलको वरिपरि हुन्छ।

  • क्याप्पाडोकिया :   यो टर्कीको क्याप्पाडोकिया चट्टानमा फैलिएको शहर हो । पुरानो एक ऐतिहासिक क्षेत्र मानिने यहाँ असाधारण प्राकृतिक चमत्कारहरु देख्न सकिन्छ । जब बेलुनहरु आकाशमा उड्छन् अनि  सुन्दरता आकाशतिर फैलन्छ । यसलाइ एक अन्तर्राष्ट्रीय पर्यटन को रूपमा उपयोग गरिएको छ । तसर्थ यो संसारकै विशिष्ट र एक अद्धितिय ऐतिहासिक र सांस्कृतिक विरासतको रुपमा छ । यहाँ ७ औँ शताब्दीका राजाहरु, दारस आई र जर्सेर्सेको त्रिभाषिक शिलालेखहरु छन् ।

  • आराशायामा क्योटो : यो जापानको अरशिया जिल्लामा रहेको बाँसको सुन्दर वन हो । यो अदभुद र प्रिय स्थलको रुपमा विश्वमै परिचित छ । क्योटोकै दोस्रो सबैभन्दा महत्वपूर्ण दर्शनीय स्थल पनि हो यो । यो ठाउँँ मन्दिर र मूर्तिहरूले भरिएको छ । यो क्योटोको केन्द्रबाट नजिकै पर्दछ । यहाँ रेल, बस साइकल वा ट्याक्सीबाट पुग्न सकिन्छ ।

  • सालर डी उयनी :  डैनियल क्याम्पोस :  सालर डी उयनी संसारको सबैभन्दा ठूलो नुन खानी हो । यो बोलिभियामा पर्दछ ।

  • ब्रिक केन्योन (Bryce Canyon) :  ब्रिक केन्योन अमेरिकी राष्ट्रिय पार्क हो । यो दक्षिण अमेरिकाको यूटामा पर्दछ । चट्टानका रातो, सुन्तला र सेतो रंगका पार्कहरुले दर्शकहरूलाई मोहित तुल्याउँछ । यहाँको ब्राजस नजिकैको सियोन नेशनल पार्क भन्दा बढी उचाइमा यो पार्क रहेको छ ।

  • मु काङ चाई :  यो ठाउँ भियतनामको पूर्वोत्तर क्षेत्रमा पर्ने यानि बाई प्रान्तको एक ग्रामिण जिल्ला हो । यहाँ २००३ को तथ्यांकमा ४२,५७४ जनसंख्या रहेको छ । यसको क्षेत्रफल १,१९९ किलोमिटर छ । यो राजधानी मु काङ चाई मा पर्दछ । यसलाई संस्कृति, खेलकुद र पर्यटनको परिदृश्यका रुपमा चिनिन्छ। यी क्षेत्रहरू घरेलू र अन्तर्राष्ट्रिय पर्यटकहरूलाई आकर्षित गर्ने विश्वकै उत्कृष्ट गन्तव्यको रुपमा रहेको छ । यहाँका कृषिमा प्राकृतिक गुरुत्वाकर्षण को उपयोग गरिएको छ । सिंचाइका लागि उपकरणहरु प्रयोग गरिन्छ ।

  • भत्नाजोकुल आइल्याण्ड  : भत्नाजोकुल आइल्याण्ड युरोपकै सवैभन्दा ठूलो हिमनदी हो ।

  • गीजा पिरामिड  : गीजाको तीन ठूलो पिरामिड वास्तुकलाका रहस्यमय कुराहरु हुन्। इजिप्टमा अवस्थित गीजा संसारमै लोकप्रिय छ । किनकि यहाँ संसारमा सबैभन्दा प्रभावशाली प्राचीन स्मारकहरू ,पिरामिड सहित पवित्र संरचनाहरू , ठूला पिरामिड र अन्य मन्दिरहरू छन् ।

  • ओकाभोगो डेल्टा :  ओकाभोगो डेल्टा जहाँ चितुवा, जेब्रा, भैंसी , गैँडा तथा अन्य जनावरहरु देख्न सकिन्छ । तर यहाँको पानी कुनै समुद्र वा सागरमा वग्न सक्दैन । यो जमेको छ । प्रत्येक वर्ष ६००० देखि १५००० किलोमिटर क्षेत्रफलमा पानी फैलिन्छ । बोत्स्वानामा रहेको यो क्षेत्रलाई यूनेस्कोले विश्व सम्पदा सूचीमा सूचिकृत गरेको छ ।

  • नामीब मरुभूमी :   नामीब मरुभूमी दक्षिणी अफ्रिकाको एक तटीय क्षेत्र हो। नामिवियामा रहेको यो नामिवको अर्थ ‛विशाल स्थान’ भन्ने हुन्छ । यो तट दक्षिण अफ्रिकाको अटलांटिक महासागरमा २००० किलोमिटरभन्दा बढी भागमा फैलिएको छ ।