शृंखला खतिवडाले नेपालको शिर ठाडो पार्दै, मिस वल्ड २०१८ को टप १० भित्र,

मोडल

 

 

 

काठमाण्डौ , मिस नेपाल वर्ल्ड श्रृंखला खतिवडा नेपालको प्रतिनिधित्व गर्दै डिसेम्बर ८ अर्थात् मंसिर २२ गते शनिबार हुने ‘मिस वर्ल्ड’ प्रतियोगिताका लागि चीनको सान्यामा छिन । विश्वभरबाट आएका १२० सुन्दरीहरुसंग नेपाली चेली खतिवडाले प्रतिस्पर्धा गर्दै छिन ।छनौट क्रममा शृंखला खतिवडा सबै भन्दा १० बलियो प्रतिष्पर्धीमा छनौट भएकी छिन । मकवानपुरकी चेली श्रृंखला खतिवडाले मिस वर्ल्ड टाइटल जित्ने सम्भावना अझ बलियो भएर गएको छ ।२२ वर्षीय शृंखलाले वास्तुकलामा स्नातक गरेकी छिन । उनको उचाई ५ फित साढे ७ इन्च रहेको छ । २४ प्रतिस्पर्धीलाई पछि पार्दै शृंखलाले ‘मिस नेपाल वर्ल्ड’ को उपाधि हात परेकी थिइन् । त्यसैले उनलाई ‘मिस वर्ल्ड’ मा नेपालको प्रतिनिधित्व गर्ने अवसर मिल्यो ।
सुन्दरीहरूको विश्वव्यापी प्रतियोगितामा सहभागी हुनको लागि मिस नेपाल २०१८ शृङ्खला खतिवडा अहिले चीनमा छिन् । त्यहाँ रहँदा उनले देशको पहिचान झल्किने प्रस्तुति दिनुको साथै प्रतिष्पर्धाका बिभिन्न चरणहरूमा पनि सहभागी भइरहेकी छिन्। उनले त्यहाँ अन्य देशका सुन्दरीलाई नेपाली भाषा सिकाउने, नेपाली गीत गाउन लगाउने जस्तो काम पनि गरेकी छिन्। त्यसो त यस वर्ष शृङ्खलाबाट धेरै नेपालीले आस पनि गरेका छन् यस वर्ष उनले मिस वर्ल्डको उपाधि जितुन् भनेर । हालसालै उनी भोटिङमा टप एक नम्बरमा आइपुगेकी छिन्।