आजको राशिफल

विचार समाचार

वि.सं. २०७५ साल मङ्सिर १० गते, सोमबार । ईश्वी सन् २०१८ नोभेम्बर २६ तारिख । नेपाल संवत् ११३९ । विरोधकृत संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४० । मार्ग कृष्ण पक्ष । तिथि तृतीया ०५ घडी १७ पला, बिहान ०७ बजेर ०५ मिनेट उप्रान्त चतुर्थी । नक्षत्र आद्रा, २१ घडी ५० पला, दिउँसो ०३ बजेर १८ मिनेट उप्रान्त पुनर्वसु । योग साध्य, ५० घडी ०४ पला, रातको ०२ बजेर ३६ मिनेट उप्रान्त शुक्ल । करण भद्रा, बिहान ०७ बजेर ०५ मिनेट उप्रान्त वव, बेलुकी ०६ बजेर ०२ मिनेट उप्रान्त वालव । आनन्दादिमा कालदण्ड योग । चन्द्रराशि मिथुन ।

काठमाडौंमा सूर्योदय ०६ बजेर ३४ मिनेट, सूर्यास्त बेलुकी ०५ बजेर ०७ मिनेट । दिनमान २६ घडी २१ पला ।

मेष (चू, चे, चो, ला, लि, लू, ले, लो, अ) : छोटो तथा रमाइलो यात्रा हुने भए पनि गन्तव्यमा पुग्नुभन्दा पहिल नै विभिन्न बाधा तथा अवरोधका सामना गर्नुपर्नेछ । व्यापार व्यावसायबाट खासै आम्दानी हुने छैन भने लगानी गर्नका लागि केही समय पर्खनु नै राम्रो हुनेछ । अध्ययनमा मन नजाने हुँदा अरूभन्दा पछि परिनेछ । माया प्रेममा मनमुटाव सिर्जना हुनेछ भने जीवन साथीको असमजदारीले दैनिक कामहरू प्रभावित हुनेछन् । न्यायिक निर्णयहरू तपाईंको पक्षमा नहाउने हुनाले यस्ता क्रियाकलापमा सामेल नहुनुहोला ।

बृष (ई, ऊ, ए, ओ, वा, वी, वू, वे, वो) : बोलीको प्रभाव बढ्ने हुँदा बोलीकै भरमा कामहरू हुनेछन् । कार्य क्षेत्रमा तपाईंको निर्णयको उच्च कदर हुनेछ । आफन्त तथा परिवारका सदस्यहरू तपाईंको कामदेखि खुसी हुनेछन् । सभा सभारोहमा सहभागी भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । व्यापार व्यावसाय फस्टाएर जाने हुनाले आम्दानीका स्रोतहरू बढाउन सकिनेछ । माया प्रेममा सामीप्यता बढेर जानेछ ।

मिथुन (का, की, कू, घ, ङ, छ, के, को, हा) : राजनीति तथा समाज सेवामा जनताको गतिलो समर्थन रहनेछ । परिवार तथा आफन्तजन सँगसँगै रहेर दिन कटाउन पाउँदा मन प्रशन्न रहनेछ । आत्मविश्वासमा वृद्धि हुने हुनाले काम गर्न आँट आउनेछ । समयमा काम गर्न सकिने हुँदा मान सम्मान तथा इज्जत प्रतिष्ठामा बढुवा हुनेछ । सुन्दर तथा विलाशी वस्तुको प्रयोगमार्फत अरूको मन आफूतिर लोभ्याउन सकिनेछ ।

कर्कट (ही, हू, हे, हो, डा, डी, डु, डे, डो) : आत्मीय मित्र तथा सहयोगीको सहयोग नपाउँदा थालेका कामहरू बीचमा छोड्नुपर्ने हुन सक्छ । व्यापार व्यावसायमा समय दिन सकिने छैन भने सोचेजस्तो आम्दानी नहँुदा दैनिक खर्च जुटाउन मुस्किल पर्नेछ । समय प्रतिकूल बन्नेछ भने यही बेलामा आय आम्दानीका बाटाहरू साँघुरा हुनेछन् । लामो दूरीको विदेश यात्राको प्रशस्त सम्भावना रहेको छ भने विदेशमा बसेर काम गर्नेहरूले मनग्गे धन आर्जन गर्न सक्नेछन् । प्रेम प्रसङ्गमा चिसोपनले जरा गाड्नेछ ख्याल गर्नुहोला ।

सिहं (मा, मी, मू, मे, मो, टा, टी, टू, टे) : माया प्रेममा सामीप्यता बढेर जानेछ भने पति पत्नीबीच विश्वासको वातावरण बढेर जानेछ । नयाँ कामहरू गरेर आम्दानीका स्रोतहरू बढाउन सकिनेछ । दाजुभाइ वा अग्रजहरूको सुझाव तथा सल्लाह मानेर अगाडि बढ्दा सफलता पाउन सकिनेछ । विद्यामा राम्रो प्रगति हुने हुँदा पढाइ लेखाइमा मन जानेछ । विभिन्न अवसरहरूले पछ्याउने हुँदा राम्रा परिणाममुखी काम गर्न सकिनेछ । सरकारी सम्पति तथा पैत्रिक सम्पत्ति हातलागी हुने प्रशस्त सम्भावना रहेको छ ।

कन्या (टो, पा, पी, पू, ष, ण, ठ, पे, पो) : मान सम्मान तथा इज्जत प्रतिष्ठामा दाग लाग्न सक्छ काम गर्दा ख्याल गर्नुहोला । सरकारी सेवामा झन्झटिला प्रक्रिया अवलम्बन गर्नुपर्दा मानसिक तनाव बढ्नेछ । राज्यबाट गलत आक्षेपहरू लाग्न सक्छ । विद्या तथा प्रतिस्पर्धामा अरूभन्दा पछाडि परिनेछ । व्यापार व्यावसायमा नाफा कमाउन निकै नै समय दिनुपर्नेछ । राजनीति तथा कानुनको क्षेत्रमा काम गर्नेहरूले आलोचना सहनु पर्नेछ । माया प्रेममा एकअर्कालाई अविस्वास गर्दा मनमुटाव बढ्नेछ ।

तुला (रा, री, रु, रे, रो, ता, ती, तू, ते) : आफूले पाएको अधिकारलाई भरपुर प्रयोग गरी उपलब्धिमूलक काम गर्न सकिनेछ । लामो दूरीको धार्मिक तथा शैक्षिक यात्राको तय गर्न सकिनेछ । धार्मिक स्थलको भ्रमण हुनेछ भने आफ्नो संस्कार तथा रीतिरिवाजमा जोगाउन समय लगानी गर्नुपर्ने हुन सक्छ । खोज तथा अनुसन्धानको क्षेत्रमा भनेजस्तो नतिजा हात पार्न सकिनेछ । प्रेम तथा मित्रताको बन्धन कसिलो भएर जानेछ भने दाम्पत्य जीवन खुसी रहनेछ ।

बृश्चिक (तो, ना, नी, नू, ने, नो, या, यी, यू) : सानातिना घरेलु समस्याहरूले साताउनेछ भने सानो काम सम्पादन गर्न पनि दिनभर समय लाग्नेछ । समयले साथ नदिँदा हुनै लागेको कामहरू बिग्रने तथा अरूकै पोल्टोमा जानेछन् । माया प्रेममा मनमुटाव सिर्जना हुनेछ भने जीवन साथीको असहयोगले महत्त्वपूर्ण उपलब्धि गुम्न सक्छ । व्यापारमा तत्काल लगानी गर्ने समय नरहेकाले केही समय पर्खनु उचित हुनेछ भने बैङ्क तथा वित्तीय क्षेत्रमा गरिएको लगानी भने फस्टाएर जानेछ । अध्ययनमा मन नजाने हुनाले अरूभन्दा पछि परिनेछ ।

धनु (ये, यो, भा, भी, भू, ध, फा, ढा, भे) :साझेदारी व्यापार व्यावसायबाट प्रशस्त नाफा कमाउन सकिनेछ । पर्यटनसम्बन्धी व्यावसाय फस्टायर जानेछ । पारिवारिक माहोलमा दिन बित्ने हुँदा मन प्रसन्न रहनेछ । माया प्रेम तथा पतिपत्नी बीचको सम्बन्धको गाँठो कसिलो भएर जानेछ । विद्या तथा प्रतिस्पर्धामा अरूलाई पछाडि पारिनेछ । वैदेशिक यात्राको सम्भावना निकै बलियो रहेको छ । साथीभाइ तथा आफन्तबाट उत्साहजनक सहयोग प्राप्त हुनेछ ।

मकर (भो, जा, जी, जू, जे, जो, ख, खी, खू, खे, खो, गा, गी) : व्यापार व्यावसायमा लगानी गरे अनुसार प्रतिफल प्राप्त नहुँदा आर्थिक रूपमा कमजोर भएको महसुस हुनेछ । स्वास्थ्यसम्बन्धी समस्या आउने तथा दैनिक खर्च बढेर जानेछ । पढाइ लेखाइमा ध्यान नजादा अरूभन्दा पछि परिनेछ । माया प्रेममा नजिक हुन खोजे पनि एकअर्काको भावना नबुझ्दा मनमुटाव बढ्नेछ । न्यायिक निर्णयहरू तपाईंको पक्षमा नआउने हुनाले आजको दिन कुनै पनि विवादमा सामेल नहुनु होला ।

कुम्भ (गू, गे, गो, सा, सी, सू, से, सो, दा) : पढाइ लेखाइमा ध्यान जानेछ भने शिक्षासँग सम्बन्धित व्यापार व्यावसायमा लगानी गरी प्रशस्त आम्दानी गर्न सकिनेछ । माया प्रेमका कोपिला फक्रनेछ भने छोराछोरीको कामदेखि प्रसन्न हुने समय रहेको छ । सेयर बजारमा लगानी गरी आम्दानीका स्रोतहरू बढाउन सकिनेछ भने चिठ्ठा पर्ने अधिक सम्भावना रहेको छ । समुदायको हितको काम गरी समाजमा नाम कमाउन सकिनेछ । बौद्धिकताको प्रयोग गरी विशिष्ट व्याक्तिहरूलाई बसमा पार्न सकिनेछ ।

मीन (दी, दू, थ, झ, ञ, दे, दो, चा, ची) : घर परिवार, आफन्त तथा आमासँग घरायसी कुरामा विवाद सिर्जना हुन सक्छ, ध्यान दिनुहोला । कृषि तथा पशुपालन व्यावसायमा समय लगानी गर्नेहरूका लागि भने समय उत्तम रहेको छ । तपाईंले सुरु गर्नुभएको काममा विभिन्न बाधा तथा अवरोधहरूको सामना गर्नुपर्नेछ । तपार्इंले बनाएका गोप्य योजनाहरू सार्वजनिक गर्न केही समय पर्खंदा राम्रो हुनेछ । खोज तथा अनुसन्धानको क्षेत्रमा प्रशस्त समय खर्चिए पनि भनेजस्तो नतिजा हात नलाग्न सक्छ ।