पहिलो गा.पा.अध्यक्ष रनिङ शिल्ड प्रतियोगिता थुलुङ दुधकोशी गाउँपालिमा

प्रदेश समाचार

सन्देशबाहक, २३ पुष । थुलुङ दुधकोशी गाउँपालिकाले अध्यक्ष रनिङ शिल्ड तथा बृहत खेलकुद महोत्सव आयोजना गर्ने भएको छ ।

२०७५ माघ ५ गतेदेखी ७ गतेसम्म आयोजना हुने खेलकुद महोत्सव थुलुङ दुधकोशी गाउँपालिकको केन्द्र मुक्लिमा सम्पन्न हुनेछ । उक्त आयोजनामा जिल्लाव्यापी खुला वडास्तरिय महिला तथा पुरुष भलिबल, महिला तथा पुरुष मिनी म्यारथन, मार्सल आर्ट, महिला तथा पुरुष ब्याटमिन्टन, एकल नृत्य, एकल ट्रयाक गायन प्रतियोगिता हुने भएको छ ।

खेलकुदको माध्यमबाट समाजमा मैत्रीपूर्ण आपसी सद्भाव र सहिस्णुतालाई कायम राख्दै युवामा रहेको खेल प्रतिभालाई मजबुत बनाउँदै स्थानीय तहदेखि¸ जिल्लास्तर, प्रदेश स्तर र राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरसम्म पुग्न सक्ने खेलाडीहरुको उत्पादनमा बिशेषतः टेवा पुग्ने अपेक्षाका साथ आयोजना गरिएको संयोजक राम संघर्ष किरातीले बताएका छन् ।