‘गेटवे एक्सप्रेस’द्धारा राजधानीदेखि सगरमाथाद्धारसम्म यातायात सेवा सञ्चालन

अर्थ प्रदेश समाचार

सन्देशबाहक, काठमाण्डौ । ‘गेटवे मल्टी इन्भेष्टमेन्ट प्रा.लि’.द्वारा सञ्चालित ‘गेटवे एक्स्प्रेस’ले सुबिधायुक्त र गुणस्तरीय यातायात सेवा सुचारु गरेको छ । सोलुखुम्बु जिल्लाको ग्रामीण भेग र सगरमाथा प्रवेशद्वारसम्म सवारी साधन पुग्न नसकिरहेका बेला एक्सप्रेसले सुविधायुक्त यातायात सेवा सञ्चालन गरेको हो । हिजो काठमाण्डौको बसुन्धारास्थित गेटवे फास्टफुड तथा रेष्टुरेण्टमा एक कार्यक्रम आयोजना गरी यातायात सेवाको औपचारिक उद्घाटन गरिएको छ ।

 सगरमाथा एक पर्यटकिय स्थल हो जहाँ वर्षेनी हजारौ पर्यटकहरु आवत जावत गर्छन । मौसम प्रकिकुलको कारण हावाइजहाज नउड्दा बैकल्पिक पदमार्गको रुपमा यस कम्पनीले यातायात सेवा प्रदान गर्ने कम्पनीले जनाएको छ । काठमाडौंदेखि सोलुखम्बु, लागायत अन्य जिल्लाका गाउँपालिका, नगरपालिकाका ठाउँहरुका साथै नेपाल अधिराज्यभरी सुविधाजनक र गुणस्तरीय यातायात सेवा प्रदान गर्ने उद्देश्यले सबैखाले सरकारी कानुनी प्रावधानको व्यवस्था पुरा गरि औपचारिक उद्घाटन गरिएको गेटवे मल्टी इन्भेष्टमेन्ट प्रा.लि. का अध्यक्ष रमेश राईले सन्देशबाहकलाई बताए ।

राईले केही वर्षमै यस कम्पनिलाई नेपालको नमूना कम्पनिको रुपमा स्थापित गर्नुका साथै शेयर सदस्यहरुको सल्लाह सुझाब अनुसार सधैं अघि बढ्ने उल्लेख गरे । सोही कार्यक्रमा बोल्दै गेटवे एक्सप्रेसका प्रमुख टेकबिर राईले सेवाग्राहीहरुको आग्रह र सल्लाहलाई मध्यनजर गर्दै सधैं गुणस्तरीय र सुबिधाजनक यात्रा गराउनेमा जोड दिने बताए । साथै अहिले सोलुखुम्बु जिल्लाबाट सुरु गरेता पनि निकट भविश्यमै देशैभरी सेवा प्रदान गर्ने लक्ष्य रहेको बताए ।

कार्यक्रमा गेटवे मल्टी इन्भेष्टमेन्ट प्रा.लि.का प्रबन्ध निर्देशक अमृत राईले अहिलेको यातायात सेवा भरपर्दो र गुणस्तरहीन भएकोले आफुहरुले यस गेटवे एक्सप्रेसबाट ति आवश्यकतालाई परिपुर्ती गर्ने बताए । सोही कार्यक्रममा गेटवे मल्टी इन्भेष्टमेन्ट प्रा.लि.का कोषाध्यक्ष कृष्ण राईले नेपाल एक पर्यटकिय क्षेत्र भएकोले सो को लागि पर्यटन क्षेत्रलाई पनि व्यवसायिक रुपमा विकसित गराउँदै जाने र आन्तरिक तथा बाह्य पर्यटकलाई गन्तब्यसम्म पुर्याउनका लागि सेवाग्राहीहरुको चाहना अनुसार गेटवे एक्प्रेसले सेवा सुविधा दिने बताए । यसका लागि सुविधायुक्त यातायातको व्यवस्था रहेको पनि बताए ।

गेटवे मल्टी इन्भेष्टमेन्ट प्रा.लि कस्तो कम्पनी ?

गेटवे मल्टी इन्भेष्टमेन्ट प्रा लि एक उर्जासिल युवाहरुको सामुहिक लगानी र नेतृत्वमा सन्चालन भएको कम्पनी हो । स्वदेशमै लगाानी गरी रोजगारी सिर्जना गर्ने उद्धेश्यले सो कम्पनीको स्थापना गरिएको हो । अहिले गेटवे एक्प्रेसले एक दर्जन भन्दा बढी सवारी सेवा सुरु गरेको छ । निकट भविश्यमा गाडीको सख्या दोब्बर गर्ने कम्पनीको लक्ष रहेको छ । एक्सप्रेसले काठमाण्डौको चाबाहिल, बसुन्धारा काउन्टर स्थापना गरिसकेको छ । त्यस्तै गरी सोलुखुम्बु सल्लेरीको कामना होटल एण्ड लज, बिनिसा होटल, माप्य दुधकोशी गाउँपालिकाको केन्द्र बासा खास्ताप, दाम्कु र ठुलोढुंगामा समेत टिकट काउन्टर राखिसकेकोे छ भने भविष्यमा ग्राहकहरुलाई अनलाईन प्रणालीबाटै टिकट बुकिङको सुविधा दिने कम्पनीले जनाएको छ ।