About Us

विगत ४ वर्षदेखि नेपाली समाजमा अनवरत बौद्धिक र बैचारिक योगदान गर्दै आएको ‛सन्देशबाहक’ मासिक पत्रिकालार्ई सशक्त पत्रकारहरुको सामुहिक पहलमा सञ्चालित ‛सन्देशवाहक डटकम’ www.sandeshbahak.com अनलाइन पत्रिकाको रुपमा प्रकाशन गरेका छौँ । विश्वको बदलिँदो प्रविधिलाई मध्यनजर गर्दै संसारभर सन्देश छिटो सम्प्रेषण गर्ने अभिप्रायले ‛सन्देशवाहक डटकम’ को आरम्भ गरिएको हो ।
सत्य, तथ्य र निश्पक्ष समाचार सम्पे्रशन गर्नु पत्रकारिताको धर्म हो । पत्रकारले शिक्षा, संस्कृति, परम्परा, जीवनशैली, कला, साहित्य वा इतिहासका विषयलाई दस्तावेजीकरण गर्ने र सिमित व्यक्ति वा स्थानमा मात्र खुम्चिएर रहेका सूचनाहरुलाई विभिन्न सञ्चार माध्यमहरुबाट बृहत्तर क्षेत्रमा फैलाउने काम गर्दछ । त्यसरी हेर्दा सञ्चार माध्यमहरु एक व्यक्ति अर्को व्यक्तिमा, एक पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण गर्ने महत्वपूर्ण साधन पनि हो । यसर्थ, यिनै भूमिका निर्वाह गर्नका निम्ति ९धधध।कबलमभकजदबजबप।अयm० अनलाइन पत्रिका प्रतिबद्ध छ ।
हामी त्यसैमा अडिग रहेर उत्पीडित वर्ग, जाति, लिंग र क्षेत्रका समुदायको आवाज बन्ने प्रयत्न गर्नेछौ । साथै जनताद्धारा गरिएका अनेकन संघर्षबाट प्राप्त उपलब्धीहरुको रक्षा विकास गर्दै अन्य आधारभूत मानवअधिकारलाई समेत टेवा पुर्याउने हाम्रो दायित्व हुनेछ । यहाँहरु सवैमा सुझाव र सहयोगका लागि हार्दिक अनुरोध गर्दछौ हामीलाई शिखरतिर लम्किन प्रेरित गर्नुहुने समादर्णीय सल्लाहकार, शुभचिन्तक, शुभेच्छुक, विज्ञापनदाता, पाठकवर्गप्रति हार्दिक आभार प्रकट गर्दछौं । हाम्रो यात्रामा यहाँको सहयोग र सहकार्यको लागि हार्दिक अनुरोधसमेत गर्दछौं ।