जहाज तथा हेलिकप्टलाई इन्धन भर्न काठमाडौँ आउनुपर्ने झन्झटबाट मुक्त

2 प्रदेश देश समाचार

काठमाडौं। नेपाल आयल निगमले जनकपुरमा हवाई इन्धन भर्न रिफ्युलिङ सेवा संचालनमा ल्याएसँगै तेल भर्न जहाज काठमाडौं आउन नपर्ने भएको छ। यसअघि इन्धन भर्न जहाज तथा हेलिकप्टर काठमाडौंमै आउनुपर्ने बाध्यता थियो।

विमानस्थलबाट रात्रीकालिन सेवालाई पनि लक्षित गर्दै रिफ्युलिङ सेवा सुरु गरिएसँगै र इन्धन भर्न काठमाडौँ आउनुपर्ने तमाम ती सम्पूर्ण बाध्यताबाट एयरलाइन्स् कम्पनीहरु मुक्त भएका छन्। शुक्रबार रिफ्युलिङको उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री मातृकाप्रसाद यादवले उद्घाटन गरेका हुन्।

निगमले अब प्रदेश २ मा प्राकृतिक प्रकोपको समयमा उद्धार गर्न खटिने एयरलाइन्सहरुलाई समेत सहयोग पुग्ने विश्वास लिएको छ । १६ हजार लिटर क्षमताको रिफ्युलिङ मेसिन राखिएको त्यहाँ सेवा सुरु भएपछि प्रदेश नम्बर २ मा रात्रीकालिन सेवा सुरु गर्न जहाजलाई बाटो खुलेको निगमले जानकारी दिएको छ ।