लोक सेवा आयोगले छ हजार कर्मचारीका लागि विज्ञापन खोल्दै : प्रदेश–१ ले पनि करारमा कर्मचारी भर्ना गर्दै

देश समाचार

लोक सेवा आयोगले यहिँ साउन महिनाभित्र छ हजार कर्मचारी माग गर्दै नयाँ विज्ञापन खोल्ने भएको छ । स्थानीय तहबाट माग भएर आएका करिब ६ हजार कर्मचारीका लागि लोकसेवाले बिज्ञापन खोल्ने तयारी गरेको जनाइएको हो । १५ जेठमा ९ हजार १ सय ६१ कर्मचारीका लागि विज्ञापन गरेको आयोगले फेरि ठूलो संख्यामा कर्मचारीको माग गरेको छ ।

आयोग स्रोतका अनुसार ५ हजार सुब्बा र खरिदार पदका लागि र एक हजार अधिकृत तहका लागि विज्ञापन खोल्ने अन्तिम तयारीमा आयोग जुटेको छ । अबको दुई साताभित्रै आयोगले ६ हजार कर्मचारी माग गर्ने लागेको हो ।

१५ जेठमा गरिएको बिज्ञापनको अहिले परीक्षा भइररहेको छ । परीक्षालगत्तै अन्र्तवार्तामा परीक्षा उत्तीर्ण भएपछि ती ९ हजार कर्मचारीलाई दशैँअगावै स्थानीय तहमा पठाउने सरकारले तयारी थालेको छ । र, अब साउनका लागि भनेर ६ हजारभन्दा बढी कर्मचारी माग गरिएको छ । अब केही दिनभित्रै बिज्ञापन गर्ने तयारी थालिएको लोकसेवा आयोगले जनाएको छ ।

देश १ सरकारले कर्मचारी नहुँदा भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालयअन्तर्गत कार्यक्रम सञ्चालन गर्न कठिन भएको भन्दै करारमा कर्मचारी भर्नाको तयारी अगाडी बढाएको छ ।

प्रदेश–१ मा करारमा कर्मचारी भर्ना
प्रदेश नम्बर–१ ले सेवा करारअन्र्तगत कर्मचारी भर्ना गर्ने भएको छ । सबै तहमा गरी करिब ५० जनाको सङ्ख्यामा कर्मचारी भर्ना हुन लागेको हो । कृषि अधिकृत, प्राविधिक सहायक तथा नायव प्राविधिक सहायक छनोटसम्बन्धी कार्यविधि २०७६ स्वीकृत गरेसँगै मन्त्रालयलाई कर्मचारी भर्नाको बाटो खुलेको हो ।

कृषिमा प्राविधिक कर्मचारीको धेरै अभाव भएसँगै प्रदेशले तत्काल कर्मचारी भर्ना गर्न लागेको प्रदेश प्रमुख सचिव सुरेश अधिकारी बताउँछन् । उनी भन्छन्, ‘प्रदेश–१ को पहिलो प्राथमिकतामा कृषिमै हो । केषिलाई प्राथमिकतामा राखेर काम अघि बढाउने नीति लिएको प्रदेश सरकारले कर्मचारी अभावका कारण काम गर्न नसकिँरहदा अब तत्काल करारमा कर्मचारी भर्न लागेको छ ।’

उनका अनुसार कार्यक्रम सञ्चालन गर्न जनशक्ति अभाव देखिएपछि लोक सेवाबाट स्थायी पदपूर्ति नभएसम्मका लागि करारमा नियुक्त गर्न लागिएको हो । र, लोक सेवाको विज्ञापन भएपछि स्वतः नरहने गरी तत्काललाई छ महिनाका लागि करारमा कर्मचारी राख्न लागिएको प्रमुख सचिव अधिकारीले जानकारी दिए । ।