हेर्नुहोस्, नेपालले अन्तरिक्षमा पठाएको नानो भू-उपग्रहले खिचेका तस्बिरहरु

देश फोटो फिचर सूचना प्रविधि

काठमाडौं । ५ बैशाखमा नेपालले अन्तरिक्षमा पठाएको नानो भूउपग्रहले खिचेको तस्वीरहरु सार्वजनिक भएका छन् । जापानको सञ्चार मन्त्रालयले बिहीबार तस्वीर सार्वजनिक गर्न अनुमति दिएसँगै शनिबार नेपाली स्याट वान नाम गरेको भूउपग्रहले खिचेक चार तस्बिरहरु सार्वजनिक भएका हुन् ।

बर्ड्स थ्री परियोजनाका प्रमुख आभास मास्केले ती तस्बिरहरु क्युटेक (क्युशु इन्स्टिच्युट अफ टेक्नोलोजी) र श्रीलंका रहेको ग्राउन्ड स्टेसनको प्रयोग गरेर खचिएको जानकारी दिएका छन् । उनका अनुसार सबैभन्दा पहिला आफूहरुले पठाएको स्याटलाइटमा रहेका क्यामेराले काम गर्छ कि गर्दैन भनेर जाँच गर्नका लागि सूर्यको तस्वीर खिचेको थियो ।

जापानको क्युटेकमा स्पेश टेक्नोलोजीको विषयमा विद्यावारिधी गर्दै गरेका मास्केका अनुसार जापानको सञ्चार मन्त्रालयले बिहीबार मात्रै तस्वीर सार्वजनिक गर्न अनुमति दिएको थियो।

५ बैशाखको बिहान अमेरिका, भर्जिनिया, वल्लोप्स द्वीपस्थित प्रक्षेपण केन्द्रबाट तीन वटा नानो भूउपग्रह प्रक्षेपण गरिएको थियो। जसअन्तर्गत नेपाली स्याट वान १० सेन्टिमिटर लामो, १० सेन्टिमिटर चौडा र १० सेन्टिमिटर अग्लो भूउपग्रह रहेका छन् । मास्केका अनुसार प्रत्येक ९० मिनेटमा पृथ्वीका एक चक्कर चलाउने यो नानो भूउपग्रहले दैनिक १६ पटक पृथ्वीका परिक्रमा गर्दै आएको छ। त्योमध्ये दैनिक चार पटक नेपालको आकाशमा आइपुग्छ।

यद्यपि, नेपाली नानो भूउपग्रहका सबै परीक्षणहरु पूरा गरी अहिले तस्वीर खिच्ने काम भइरहेको मास्के बताउँछन् । उनका अनुसार भूउपग्रहमा पाँच मेगा पिक्सेलको क्यामेरा जडान गरिएको छ। शनिबार सार्वजनिक तस्विरहरू त्यही पाँच मेगा पिक्सलको क्यामेराले खिचेको उनी बताउँछन् ।