अमेरिकामा बन्दुक आक्रमणबाट १८ जनाको मृत्यु, २६ जना घाइते

प्रवास फोटो फिचर समाचार

दधिराम खतिवडा

टेक्सस (अमेरिका) । अमेरिका र मेक्सिकोको सिमानामा रहेको टेक्सस राज्यकोपश्चिममा अवस्थित एउटा ठुलो सहर इलपासोको व्यस्त सिलोभिष्ट सपिङ मलमा एक बन्दुकधारीले शनिबार स्थानीय समयअनुसार बिहान करिब ११ बजेतिर अन्धाधुन्ध गोली प्रहार गर्दा कम्तीमा १८ जनाको मृत्यु जनाको मृत्यु भएको छ भने २६ जना घाइते भएका छन् ।

प्रहरीका अनुसार वालमार्ट भित्र गोली चलाऊनेहरु १ जना मात्र नभई त्यो भन्दा धेरैको संख्यामा रहेका छन् । घटनास्थल एल पासो अन्तर्राष्ट्रिय बिमानस्थलबाट ३ माईल्स टाढा पर्दछ । मलमा रहेको वालमार्ट नजिकै भएको घटनामा संलग्न बन्दुकदारीलाई भने प्रहरीले नियन्त्रणमा लिइसकेको छ । घटना एक स्वेत बन्दुकधारीको संलग्नतामा आक्रमण गरेको बताइएको छ ।

घटनापपश्चात् सन् २०२० का निम्ति अमेरिकी राष्ट्रपतिको उम्मेदवार बेटो ओरीकीले घटनास्थलको निरीक्षण गरेका छन् ।
एक हप्ता अघि मात्रै क्यालिफोर्नियाको गिलरोय गार्लीक फेस्टिवलमा बन्दुकधारीले गोली चलाउँदा तीन जनाको ज्यान गएको थियो भने एक दर्जन बढी घाइते भएका थिए । त्यस्तै मिसिसिपी राज्यमा साउथ हेभेनको एक वालमार्ट स्टोरमा गोली चल्दा गत बिहीवार २ जनाको मृत्युा भएको थियो । हतियारको गलत प्रयोगको कारण एक वर्षमा ४० हजार भन्दा बढिले अमेरिकामा ज्यान गुमाइसकेका छन् ।

अमेरिकामा १८ वर्ष उमेर पुगेको व्यक्तिले सहजै बन्दुक किन्न सक्छन् । त्यसैले त्यसको दुरुपयोगका घटना दोहोरिने गरेका छन । लुटेरा एवं हिंसाविरुद्धको कारबाहीलाई अमेरिकी प्रहरीले प्राथमिकतामा राखेको छ । तर, तिनको जोखिम घटेको छैन। अमेरिकामा प्रहरी कारबाहीमा लुटेरा पक्राउ पर्ने र सर्वसाधारण मारिने घटना निरन्तर भइरहन्छन् । यस्ता घटना बढी हुने राज्यमा शान्तिसुरक्षाको प्रत्याभूति प्रमुख राजनीतिक एजेन्डाकै रूपमा स्थापित छ ।