‘विक्रम वेधा’ को हिन्दी रिमेकमा कस्ता देखिएलान् भिलेनमा आमिर, हिरोचाहिँ सैफ

कला/साहित्य प्रवास मोडल समाचार

केही समययता बलिउडमा साउथ फिल्मको हिन्दी रिमेकको दौड चलेको छ । पछिल्लो समय साउथको सफल फिल्म अर्जुन रेड्डीको रिमेक कबिर सिंहले तहल्का मच्चाएपछि फिल्ममेकर्स साउथ चलचित्रलाई रिमेक बनाउन उत्साहित भएका छन् । यसबीच, आर माधवनको ब्लकबस्टर फिल्म ‘विक्रम वेधा’को पनि हिन्दी रिमेक निर्माण हुने चर्चा चलेको छ ।

फिल्ममा लिड रोलमा अभिनेता द्वय आमिर खान र सैफ अली खान देखिने चर्चा छ । तर, आमिर खान भने भिलेन अवतारमा देखिने भएका छन् । लामो समयदेखि अभिनेता आमिर आफ्नो होम प्रोडक्सनको ब्यानरमा बन्न लागेको फिल्म ‘लाल सिंह चड्ढा’ को तयारीमा ब्यस्त छन् । यो फिल्मको छायांकन पूरा भएपछि उनले तमिल फिल्म ‘विक्रम वेधा’ को हिन्दी रिमेक गर्ने बताइएको छ ।

फिल्ममा सैफ पुलिस अफिसरको भूमिका हुनेछन् । फिल्मको नाम ‘विक्रम वेदा’ राखिएको भारतीय मिडियाले बताएका छन् । मार्च २०२० बाट फिल्मको छायांकन सुरु हुने बताइएको छ । यो फिल्ममा विजय सेतुपतिले निभाएको भूमिकामा आमिर देखिनेछन् भने सैफले आर माधवनले निभाएको भूमिका निभाउनेछन् ।