‘रित्तो हात नफर्की देशलाई थप चिनाउन सके’

कला/साहित्य देश फोटो फिचर समाचार

-सुशिला गौतम

एलिना शाक्य तुलाधारले पहिलो हुन्छु भनेर नै त्यो प्रतियोगितामा भाग लिएका थिइन् । तर, प्रतियोगिता हो सोचेजस्तो कहाँ भइदिन्छ र ? जे होस् उनले नेपालको शिर झुक्न भने दिइनन् । युरोपको लातभिया रिगामा २९ मे मा आयोजित ‘मिसेस टप अफ द वल्ड’ मा नेपालबाट उनले प्रतिनिधित्व जनाएकी थिइन् । विश्वमा आयोजना हुने विभिन्न सौन्दर्य प्रतियोगितामध्ये यो प्रतियोगिता पनि शिर्ष स्थानमा पर्दछ ।

प्रतियोगितामा विभिन्न देशबाट प्रतिनिधित्व भएका प्रतिद्धन्द्धीलाई पन्छाउँदै उनले फोर्थ रनर अपको ताज पहिरिन सफल भइन् । फोर्थ रनर अपको ताज पहिरिएकी तुलाधारले भनिन्, ‘जसरी भए पनि टाइटल जितेर नै स्वदेश फर्कन्छु भन्ने थियो तर, प्रतियोगिता न हो सोचेजस्तो नहुँदोरहेछ । जेहोस् रित्तो हात नफर्कि देशलाई थप चिनाउन पाएजस्तो लाग्छ ।’

२९ मे बाट सुरु भएको उक्त सौन्दर्य प्रतियोगीता २ जुनमा मा सम्पन्न भएको थियो । ‘मिस टप अफ द वल्ड’को टाइटल जापानले आफ्नो कब्जामा पार्न सफल भएको थियो । यस्तै फस्ट रनर अप भियतनाम, सेकेन्ड रनर अप स्टोनिया ,र्थड रनर अप भने लातभिया भएक थिए । फोर्थ रनर अप स्थान ओगट्न सफल तुलाधार मलेशियामा सिजन मिडियाले आयोजना गरेको एक्लिेन्स अवार्डम वुमन अपल द इयर अवार्डले समेत सम्मानित भइसकेकी छिन् । सोसोलोजीमा मास्टर सकाएकी सुन्दरी एलिना सिभिल ग्रुप पनि आबद्ध छिन् ।

स्वदेश फर्किएपछि उनले हामीसँग आफ्नो अनुभव साटिन्, ‘एकदमै फुल कन्फिडेन्टका साथ यहाँबाट प्रतियोगितामा भाग लिन गएको थिए । जसरी भए पनि एक चोटी नेपाललाई अन्तराष्ट्रिय जगतमा चिनाउँछु भन्ने नै एउटै ध्यान थियो । तर, प्रतियोगिता सँधै आफूँले सोचेजस्तो नहुनेरहेछ । मैले यो प्रतियोगीताबाट धेरै कुरा जान्ने मौँका पाएकी छु । आगामी दिनमा पक्कै नेपाललाई चिनाउन अग्रसर भइरहनेछु ।’

उनले यसअघि भनिन्, ‘सौन्दर्य प्रतियोगिता हामीमाझ अहिले पनि जुनखालको धारणा छ । त्यो चाहिँ त्यहाँ गएपछि पूर्ण रुपमा थाहा पाएकी छु । टप फाइभ भित्र पर्नु नै मेरो लागि केही बुझ्ने मौका मिलेको छ । अझ स्पष्ट भन्नुपर्दा टाइटल उचाल्न नपाएपनि त्यो टाइटलको महत्व बुझ्ने मौका पाएकी छु । त्यसकारण खुसी छु ।’ हार्नेहरु नै आखिर जितको भागिदार हुन्छन् भन्ने उक्तिलाई मध्यनजर गर्दै नेपाली चेली तुलाधारको बाँकी यात्राले सगरमाथा चुमास् हाम्रोबाट पनि अग्रिम शुभकामना !