यति गरेपछि अब के देशमा सक्कली इन्जिनिरिङ उत्पादन हुन्छ ?

देश समाचार सूचना प्रविधि

काठमाडौं । नेपाल इन्जिजियरिङ एसोसिएसनले सक्कली इन्जिनियरहरुको मात्र पहिचान हुने प्रावधान अघि सारेको छ । एसोसिएसनले नेपाल इन्जिनियरिङ काउन्सिलाट मात्र लाइसन्स प्राप्त इन्जिनियरको मात्र सिफारिस लिने प्रावधान अघि बढाएको छ । बिहीबार बसेको विधायन व्यवस्थापन समितिको बैठकमा सहभागी एसोसियसनका पदाधिकारीहरुले परिषदबाट लाइसेन्स नलिएका इन्जिनियरहरुले गरेको कामको सिफारिस नमान्ने अडान राखेका हुन् ।

हालसम्म इन्जिनियरिङ विषयमा स्नातक गरेका जो कसैले काउन्सिलमा शैक्षिक प्रमाणपत्र पेश गर्ने बित्तिकै लाइसेन्ससहितको नम्बर प्राप्त गर्दै आएका थिए । तर, अब यस्तो प्रावधानले सक्कली होइन नक्कली इन्जियनियरहरु उत्पादन हुने र देश विकासको संवाहक इन्जियनियरिङ क्षेत्र धरासय हुने उनीहरुको तर्क र सुझाव थियो । यता, सरकारले इन्जिनियरिङ ऐन २०५५ लाई संशोधन गरेर विधेयक ल्याउँदैछ । यो विधेयक हाल राष्ट्रियसभाको विधायन समितिमा अड्एिको अवस्था छ । यद्यपि, संसदबाट पास भएर आएको खण्डमा लाइसेन्स परीक्षा दिएर पास गरेपछि मात्र लाइसेन्स पाउने छन् । जुन एमबीबीएस पास गर्ने डाक्टरहरुले लाइसेन्स पाउनका लागि जाँच दिएजस्तै हुन्छ । तर, अहिले इन्जिनियरिङ क्षेत्रमा यस्तो कानुनको अभावका कारण अदक्ष इन्जिनियरको उत्पादनले ग्रसित छ ।

बिहीबार प्रस्तावित विधेयकमाथि छलफल गर्न विधायन समितिले नेपाल इन्जिनियरिङ परिषदका पदाधिकारीहरुलाई डाकेको थियो । छललफलमा एसोसिएसनबाट उपस्थित सबैले काउन्सिलमा रजिष्टर नभएको इन्जिनियरले गरेको सिफारिस आफूहरुले नमान्ने धारणा व्यक्त गरेका थिए । छलफलमा नेपाल इन्जिनियर्स एसोसियसनका अध्यक्ष त्रिरत्न बज्राचार्य, उपाध्यक्ष घिमिरे, महासचिव छविराज पोखरेल, उपमहासचिव कपिल आचार्य सहभागी रहेका थिए ।

अध्यक्ष बज्राचार्यले यस्तो नीति अघि बढेसँगै सक्कली र दक्ष इन्जिनियरहरु मुलुकमा उत्पान हुने बताए । उनले मुख्यतः पैसाका आधारमा नक्कली सर्टिफिकेट लिने गर्नेहरुको हकमा यो नीतिले पूरै बाधा गरेको छ । र, अब यस्तो प्रचलन नदोहोरिने पनि ठोकुवा दिए । उनले भने, ‘अहिले हामी लाइसेन्स दिने परीक्षा लिनका लागि आन्तरिक तयारी जुटिरहेका छौँ । र, सरकारले ऐन दिएलगत्तै यसलाई सहज रुपमा अगाडि बढाउने छौँ ।’ साथै, प्रस्तावित विधेयकमा ६/६ महिना इन्जिनियरिङ लाइसेन्स परीक्षा लिने व्यवस्था रहेको छ । हाल त्रिभुवन, पोखरा, पूर्वाञ्चल, काठमाडौं, मध्यपश्चिम र सुदूरपश्चिमाञ्चल विश्वविद्यालयअन्तर्गत ५१ वटा क्याम्पसमा इन्जिनियरिङ पढाइ सञ्चालनरत रहेका छन् ।

तर, यसअघि देखि पनि पटक पटक इन्जिनियरिङ क्षेत्रमा सुधारका पहलहरु नभएका होइनन् । त्यसो त एसोसिएसनको नेतृत्व सम्हाल्न जानका लागि चुनावी अभियानमा उम्मेदवार इन्जिनियरहरुले आफ्नै पालामा स्वच्छ इन्जिनियरहरु उत्पादन गर्ने बाचा गरे । तर, त्यहाँ पुगेपछि सबै बिर्सिए, भुले । र, बाग्मती नदी जस्तै बन्यो, इन्जिनियरिङ क्षेत्र ।