साम्राज्ञीको ‘घैँटोमा घाम’ लागेको हो ? एक्कासी देखा परिन् त हरियो फुलबुट्टे सारीमा

कला/साहित्य देश फोटो फिचर मोडल समाचार

काठमाडौं । केही समयअघि बालीको समुन्द्री किनारामा प्रेमिसँग रमाइरहेको फोटो बाहिरिएपछि विवादमा परेकी नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह एक्कासी हरियो सारीमा देखा परेपछि सबैलाई चकित पारेकी छन् । पछिल्लो समय नेपाली चलचित्र नगरीमा व्यस्त रहेकी उनी निर्माताहरुको प्रमुख रोजाइमा पर्छिन् । ‘ड्रिम्स’ बाट डेब्यु गरेकी अहिलेकी डिमाण्डेड नायिका साम्राज्ञीको दुई चलचित्र पेन्डिङ अवस्थामा छन् । जुन अब चाँडै रिलिजनको तयारीमा छन् । चलचित्र मारुनी १३ भदौँमा रिलिज हुदैछ भने ‘रातो टिका निधारमा’ दशैको छेकमा प्रदर्शन हुँदैछ ।

प्रेमीसँग बालीमा वान पिस कपडामा रमाइरहेकी साम्राज्ञीको होस् कसरी खुलेछ ? दर्शकले प्रश्न गर्नु स्वभाविक हो । तर, यो दृश्य सोही चलचित्र ‘रातो टिका निधारमा’मा समाबेश एउटा गीत रिलिज कार्यक्रम देखिएको हो । जहाँ उनी हरियो कलरको फुलबुट्टे सारीम उपस्थित भएर दर्शकको ध्यान खिचेकी थिइन् । बोल्ड अवतारमा प्रस्तुत हुने साम्राज्ञीलाई हरियो सारीले चिटिक्क सुहाएको छ । गीत सार्वजनिक कार्यक्रम राखिएको थियो, कमलादीस्थित कुमारी हलमा । जहाँ उनी पूरै बद्लिएको पहिरनमा दर्शकमाझ देखा परेकी थिइन् । उनको लुगा देखेर दर्शकको मनमा खुल्दुली भएको थियो । तर, उनले दर्शकको मन जित्न सफल भइन् ।

यसरी अनायसै पहिलो पटक सारीमा सार्वजनिक कार्यक्रममा पुगेर साम्राज्ञीले मिडियासँग साक्षात्कार गरिन् । उनले सञ्चारकर्मीसँग केही कुरा पनि गरिन् । खासचाहिँ चलचित्रमा कथाको मागअनुसार गीत र साउनलाई केन्द्रित गरेर साम्राज्ञीले सारीमा रुपधारण गरेकी रहेछिन् । त्यहिँ अनुरुप उनी बिहीबार सार्वजनिक कार्यक्रमा झुल्किइन् । यस चलचित्रबाट डेब्यु गरेका अंकित शर्माले साम्राज्ञीसँग रोमान्स गर्दैछन् ।

अशोक शर्माले निर्देशन गरेको चलचित्रमा नीता ढुंगाना, बुद्दि तामाङ, रविन्द्र झा, शिवहरि पौडेल, खुस्बु खड्का, लक्ष्मी गिरी, अरुणा कार्की, बसुन्धरा भुसाल, जयनन्द लामा, राजराम पौडेल, कमला रेग्मीलगायतका कलाकारको बेजोड प्रस्तुती रहेको छ ।
तर, कलाकारहरु एक से एक हुँदा पनि हेर्न बाँकी छ, चलचित्रले कति दर्शकको ध्यान खिच्ला ?