१३ वाणिज्य बैंकको परीक्षा नतिजा : एक सय १२ प्रतिशत अंकसहित पहिलो बन्यो प्रभु बैंक (हेर्नुहोस आँकडा)

अर्थ देश समाचार

काठमाडौं । आर्थिक वर्ष २०७५/७६ मा १३ वटा वाणिज्य बैंकले २९ अर्ब ७५ करोड ३३ लाख ४४ हजार रुपैयाँ नाफा कमाएका छन् । अघिल्लो वर्ष २०७४/७५ भन्दा २३.०८ प्रतिशतले बढी हो । आव २०७४/७५ को चौथो त्रैमासमा १३ वटा बैंकको नाफा २४ अर्ब १७ करोड २३ लाख १६ रुपैयाँ नाफा रहेको थियो ।

शुक्रबारसम्म अपरिष्कृत वित्तीय विवरण प्रकाशित गर्ने १३ वाणिज्य बैंकमध्ये प्रभु बैंकको नाफा वृद्धि सबैभन्दा बढी रहेको छ । प्रभुको एक सय १२ प्रतिशतले ब्याज बढेको आँकडामा देखिएको छ । जुन अघिल्लो आवको तुलनामा बढेको हो । यस्तै दोस्रो स्थानमा रहेको बैंक अफ काठमाण्डुको अघिल्लो वर्षकोभन्दा नाफा वृद्धि ४६ प्रतिशत रहेको छ । त्यस्तै, तेस्रो स्थानमा ३६ प्रतिशतका माछापुच्छ्रे बैंक रहेको छ । चौँथो स्थानमा रहेको लक्ष्मी बैंक र पाँचौ स्थानमा ग्लोबल आइएमई रहेको छ ।

तर, सरकारी बैंक नेपाल बैंकको नाफामा भने गिरावट देखिएको छ । बैंकको नाफा १८.७७ प्रतिशत घटेको छ । आव २०७४÷७५ मा ३ अर्ब २१ करोड ५६ लाख ८१ हजार रुपैयाँ रहेको थियो । तर, यस वर्ष २ अर्ब ६१ करोड १९ लाख ८० रुपैयाँ मात्र रहेको आंकडाले देखाएको छ ।

नाफालाई प्रतिशतमा आधारमा मानेर हेर्दा प्रभु बैंक अगाडी रहेपनि रकमको आधारमा हेर्दा कृषि विकास बैंक अग्रस्थानमा रहेको छ । कृषि विकास बैंकले गत आवको चौथो त्रैमास सम्ममा ४ अर्ब ३५ करोड ३२ लाख ४७ हजार रुपैयाँ नाफा आर्जन गरेको देखिन्छ । यस्तै कारोबार रकमको आधारमा सबै भन्दा कम भने कुमारी बैंकले गरेको छ । मारी बैंकको नाफा १ अर्ब ३३ करोड ४० लाख ४६ हजार रुपैयाँ रहेको छ ।

हेर्नुहोस् आँकडा