शनिबार राजधानीमा जे देखियो…………..

3 प्रदेश देश फोटो फिचर समाचार

शनिबार राजधानीमा दुईवटा विरोध आन्दोलन भयो । रवि लामिछाने समर्थक र जनजाति आन्दोलन । ती दुई बिल्कुल फरक देखिएको दृश्यलाई सबैले निकै चाखका साथ नियाले । माइतीघरबाट सुरु भएको रवि लामिछाने समर्थक आन्दोलन सभा नयाँबानेश्वरस्थित बिजुलीबजारको पुलमा गएर टुंगियो भने समावेशी विज्ञापनको माग गर्दै भृकुटीमण्डबाट सुरु गरिएको आदिवासी जनजातिको आन्दोलन पुतलीसडकमा नपुग्दै तित्तरवित्तर हुन पुग्यो ।

मृतक पत्रकार शालिकराम पुडासैनी प्रकरणको विरोध सभाभन्दा तीन गुणा बढी आन्दोलनकारी जम्मा भई चर्काएको जनजाति आन्दोलनमा तीन जना गम्भिर घाइते भएका छन् भने १२ घाइते हुन पुगेका छन् ।  आन्दोलनमा घाइते भएका दलित संघका अध्यक्ष राम नेपालीले सरकारले लोकसेवा आयोगको विज्ञापन खारेज गरेर संशोधन नगरिएको अवस्थासम्म आन्दोलन जारी रहने बताउँछन । ‘यो आन्दोलन कुनै पनि अवस्थामा रोकिने छैन । यो आन्दोलनले भोलि जनआन्दोलनको स्वरुप पनि लिन सक्छ । राज्यले दिएको अधिकार कटौती गर्नु कहाँसम्मको भुल हो ?’ उनी भन्छन्, ‘यसकारण सरकारले हाम्रो माग सहज रुपले पूरा गरिदिनुपर्छ । र, त्यो जसरी नि पूरा गरेर छाड्छौँ । ब्याक हुने चान्सै छैन ।’

दलित महासंघका केन्द्रिय महासचिव सन्जय सिंहले हतियार बोकेका बर्दिधारी प्रहरीले आफूहरुमाथि विनाकारण भौतिक आक्रमण गरेको भन्दै रोस प्रकट गरे । उनले यसअघि भने, ‘हामीमाथि जुन प्रकारको सांघातिक आक्रण गरेको छ यो कदापि पाच्य विषय नै हैन । शान्त तवरले आन्दोलन गर्दै गर्दा हामीमाथि एक्कासी चार सेल अश्रु ग्याँस र लाठी चार्ज गरेको छ, यस्ले कदापि मुलुकमा लोकतन्त्रको झल्को दिँदैन । जेठ १६ देखि सीमान्तकृत समुदाय, आदिवासी जनजाति, दलित हामी सबै निरन्तर आन्दोलनरत छौँ ।’ उनले फेरी भने, ‘‘हाम्रो एउटै माग छ लोकसेवा आयोगको विज्ञापन खारेज गरेर पुनः समावेशी विज्ञापन खोलिनुपर्छ । ’

‘अब के आन्दोलनबाटै तपाईहरुको माग पूरा हुन्छ त ?’ प्रश्नको जवाफ दिँदै उनी भन्छन्, ‘आन्दोलन निरन्तर चलिरहन्छ/चलिरहनेछ । हामी त्यस्तो विद्रोही वा सशस्त्र आन्दोलन गर्ने भनेका नै छैनौँ, केवल शान्तिपूर्ण आन्दोलन गरिरहेका/गर्ने छौँ ।’

हाल पुतलीसडकबाट पक्राउ परेका आन्दोलनकारीलाई भद्रकाली प्रहरी कार्यालयमा ल्याइएको छ । उनीहरुलाई निसर्त रुपमा नछाडेको खण्डमा आफूहरु सडकमै कुरिरहने उनी बताउँछन् । उनका अनुसार हाल मानवअधिकारकर्मी, कानुन व्यवसायी र पत्रकार कसैलाई पक्राउ गरिएका आन्दोलनकारीलाई भेट्न दिइएको छैन । यो कहाँसम्मको लोकतन्त्र हो उनी रोक प्रकट गर्छन् । नेपाल जनजाति आदिवासी संघका अध्यक्ष जगत बराम भने गम्भिर घाइते भई काठमाडौं मेडिकल कलेजमा उपचाररत रहेका छन् ।