विज्ञापन विद्येयक पारित भएसँगै ‘क्लिनफिड’ तत्कालै लागू हुने

Uncategorized देश प्रवास समाचार

काठमाडौं । संसदको विकास तथा प्रविधि समितिले विज्ञापन विधेयक पारित गरेको छ । बुधबार बैठक बसेको समितिले अब तत्कालै क्लिनफिड लागू हुने व्यवस्था राख्दै उक्त विद्येयक पारित गर्ने व्यवस्था गरेको हो । यसअघि राष्ट्रियसभाबाट विज्ञापनसम्बन्धि विद्येययक पारित हुँदा सरकारले राजपत्रमा सूचना प्रकाशित गरी मिति तोकेपछि मात्र क्लिनफिड लागू हुने व्यवस्था थियो । तर, अहिले प्रतिनिधिसभाको विकास समितिले त्यसलाई संशोधन गर्दै क्लिनफिड तत्कालै लागू हुने व्यवस्था राखेको हो ।

विज्ञापन विद्ययेक पास भएसँगै अब विदेशी च्यानलका विज्ञापनहरु प्रसारण हुने छैनन् । साथै, सबै प्रकारका सरकारी विज्ञापन विज्ञापन बोर्डमार्फत वितरण हुने छन् । यदि ऐन विपरीत कसैले विज्ञापन गरेको पाइएमा बोर्ड वा स्थानीय तहमा उजुरी गर्न सकिनेछ । सजायसम्बन्धिका अधिकारहरु भने सम्बन्धित जिल्ला अदालत र स्थानीय तहले पाएका छन् । उनीहरुले क्लिनफिड नीति लागू भए नभएको सबै जिम्मेवारी पाएका छन् ।

यद्यपि, विदेशी च्यानलसँग डाउनलिंक गरी प्रशारण गर्न सम्झौता गरेका संस्थाले एक भने एक वर्षभित्र विज्ञापनरहित (क्लिन फिड) प्रशारण गर्न पाउनेछन् । यो व्यवस्थाले हाल प्रशारण भइरहेका विदेशी च्यानललाई एक वर्षसम्म क्लिनफिड लागू नहुने भएको छ । नेपालमा प्रशारण गर्न नयाँ सम्झौता गर्ने विदेशी च्यानलमा भने तत्कालै क्लिनफिड लागू हुनेछ ।