रवि लामिछानेसँग माफी माग्नुअघि ७ चैतमा शालिकरामले अस्मितासँग के प्रस्ताव राखेका थिए ।?

देश पत्रपत्रिका समाचार

पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरणको अनुसन्धानमा फेला परेका नयाँ तथ्यहरुलाई सार्वजनिक भएका छन् । मुख्य तीन आरोपीमध्येकी एक रुकु भनिने अस्मिता कार्कीसँग पुडासैनीले एसएमएस र फेसबुक च्याटको माध्यमबाट गरेको कुराकानीका अंश यहाँ प्रस्तुत गरिएको छ । उनै अस्मितालाई पुडासैनले पठाएको एसएमएसको कुराकानीको केही अंश यस्ता छन् :

७ चैतमा शालिकरामले अस्मितालाई लेखेका छन्, ‘सुन त, कोट म्यारिज गर्नी ल भोलि वा पर्सि । हुन्छ कि नाइँ ?’
शालिकरामकी पत्नी सम्झनाले अस्मितालाई लेखेकी छन्, ‘उसले मलाई मेरो बाटोमा कहिल्यै नआउनू भनेको छ । मैले फोटो पठाउँदा मलाई नै असर पर्छ । होस् नानु, मसँग नरिसाउनू ल । सरी पछि कुनै दिन पठाउँछु नि । अहिले चाहिँ सरी ल ।’
रवि लामिछानेलाई शालिकरामले लेखेका थिए, ‘दाइ मलाई माफ गर्नुहोला । तपाईंहरुले अफिसमा मलाई सधैं जिस्क्याउने मान्छेले मलाई धोका दिएकी छ दाइ ।’

यस्तै, एक दिन शालिकरामले ९ः५५ मिनेटमा अस्मितलाई म्यासेज गरेर आफू घरअगाडि रहेको र जसरी पनि कि फोन उठाउन कि घरबाहिर आउन दबाव दिएका थिए । उनले आफूलाई नभेटे वा फोन नउठाए सम्बन्धको कुरा दाइलाई भनिदिने भन्दै अस्मितालाई दबाव दिएको देखिन्छ । यो समाचार आजको कान्तिपुर दैनिकले छापेको छ ।