पुडासैनी प्रकरणबारे पालैपालो धारणा सार्वजनिक गर्दै कलाकारहरु

देश समाचार

काठमाडौं। मृतक पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणका विषयमा शनिबार वरिष्ठ कलाकारहरुले पत्रकार सम्मेलन गर्ने भएका छन् । पछिल्लो समय झन् झन् नयाँ नयाँ मोडमा मोडिएको पुडासैनी प्रकरणबारे आफ्नो धारणा सार्वजनिक गर्न कलाकारहरुले पत्रकार सम्मेलन गर्न लागेका हुन् ।

पत्रकार सम्मेलन शनिबार बिहान साढे दश बजे रिपोर्टर्स् क्लव नेपालको सभाहल भृकुटीमण्डपमा हुने बताइएको छ । पत्रकार सम्मेलनमा कलाकारहरुले के धारणा राख्छन्, त्यसबारे अहिले नै केही खुलाइएको छैन। तर, पुडासैनी प्रकरणको निष्पक्ष छानविन हुनुपर्ने धारणा भने उनीहरुले यसअघि नै सार्वजनिक गरिसकेका छन्।

सम्मेलनमा कलाकारहरु निर शाह, रामकृष्ण ढकाल, दीपकराज गिरी, दिपाश्री निरौला, शम्भुजित बाँस्कोटा, निखिल उप्रेती, रमेश उप्रेती, सञ्चिता लुइँटेल, अनुराग कुँवर, रमेश खरेल, रञ्जु दर्शना लगायतको उपस्थित हुने बताइएको छ। उनीहरुले पालैपालो पुडासैनी प्रकरणबारे धारणा सार्वजनिक गर्नेछन् ।