पृथ्वीको फोक्सो जलेर खरानी (तस्बिरहरु)

प्रवास फोटो फिचर समाचार

कालो धुँवाको मुस्लोभित्र चराहरु आँखाबाट आँशु झार्दै बेगले दौडिरहेका (उडिरहेका) छन् । अँगार बनेका जीवजन्तुहरु अग्राखसरी डढिरहेका छन् । तिनको चित्कार कस्ले सुन्ने ? तर, ढडेलो बेप्रवाह तुफानसरी अघि बढिरहेको छ । जलाइरहेको छ, पृथ्वीको फोक्सो । सलाईले चुरोट सल्काएपछि सल्केको सुर्तीसरी । कस्ले बचाउन सक्छ ?

दुई सातादेखि पृथ्वीको फोक्सोको उपनामले चिनिने अमेजोन जंगलमा डढेलोको दृश्य हो यो । डढेलोले असंख्य जंगली जनावर र बोटबिरुवा डढाएर उजाड बनाइदिएको छ । आगलागीबाट निस्केको धुँवाले ब्राजिल शहर दिउँसै अन्धकारमय छ । कृत्रिम बत्तिको सहारा लिनुपरेको छ । किसान र पशुपालकहरुले जङ्गल नष्ट गरेर उर्बर जमिन बनाउन जंगलमा आगोको प्रयोग गरेपछि सल्किएको आगोले अहिले अमेजोन तहसनहस बनाएको छ ।

पृथ्वीमा २० प्रतिशत उत्पादन गर्ने अमेजनको ‘फोक्सो’ मा निको नहुने क्यान्सर लागेको छ । विश्व वन्यजन्तु कोषका अनुसा अब पनि तत्काल आगलागीलाई कम गर्न नसकिएको खण्डमा कार्बन उत्र्सजन हुनेछ र यहिँ घटना जलवायु परिर्वतनको मुख्य कारण हुनेछ । बीबीसीका अनुसार डढेलाबाट निस्किएको धुँवाले २७ सय किलोमिटर पर अवस्थित साओ पाउलो सहर एक घण्टा अँध्यारो भएको थियो । वातावरण संरक्षणकर्मीहरूले काठ व्यापारी र कृषकहरूलाई जमिन खाली पार्न राष्ट्रपति बोल्सुनारूले प्रोत्साहन गरेपछि यस्तो अवस्था सिर्जना भएको आरोप लगाइएको छ ।

यसरी लाग्यो डढेलो
ब्राजिलमा सुख्खायाममा डढेलो लाग्नु सामान्य नै हो । तर, गैरकानुनी रूख कटान र पशुपालनका लागि मानिसहरूले जानीजानी आगो लगाउन थालेसँगै डढेलोले नयाँ स्वरुप बदलेको हो । यद्यपि, वन फडानी गरेर त्यहाँ जमिन उपयोग गर्न राष्ट्रपतिले नै अनुमति दिएका थिए । सुख्खायाममा सजिलै जल्न नसक्ने अमेजन जंगलमा अपत्यारि तरिकाले आगलागी भई ध्वंश मच्चाउनुलाई जटिल रुपमा हेरिएको छ । यसको पूरै द्वोष राष्ट्रपति जाइर बोल्सोनारूलेलाई गएको छ ।

 

राष्ट्रपतिको गलत कदम
असोचनीय ढंगले आगलागी भएको अमेजनको डढेलो रोक्नका लागि राष्ट्रपति बोल्सोनारुले सेना परिचालन गरेपनि उनले डढेलोसँग जुध्न आफ्नो सरकारसँग गतिलो स्रोतको अभाव रहेको बताएका छन् । र, उनी अहिले थप आलोचित भइरहेका छन् । राष्ट्रपतिले गैरकानुनीरुपमा जमिन हडप्न किसानलाई प्रोत्साहित गर्नु र पशुपालकलाई जमिन बिक्री गर्न आगलागी गर्ने कार्य चुनौती रहेको भन्दै त्यहाँका नागरिक तथा वातावरणविदहरु राष्ट्रपतिको गलत कदमप्रति अहिले आक्रोशित छन् ।

विशेषगरी युरोपियन राष्ट्रका नेताहरुले बोलसोनारोको आलोचना गरिरहेका छन् । अमेजोन क्षेत्रको ठूलो हिस्सा ब्राजिलमा पर्छ । यद्यपि, अमेजनमा उत्पन्न भएको यो आगलागीले अमेजोनमा मात्र होइन, समग्र पृथ्वीका लागि हामीले विनास भएको संकेत देखाएको छ । अमेजोन जंगलमा २ हजार ५०० भन्दा बढी क्षेत्रमा आगलागी भइरहेको जनाइएको छ ।

तर, राष्ट्रपति बोलसोरानोले आगलागी हुनुमा गैरसरकारी संस्था दोषी रहेको आरोप लगाएका छन् । उनले आफूसँग सबुत प्रमाण नभएपनि वातावरण संरक्षण गर्न उद्दत निकायहरु नै आगलागीका लागि दोषी रहेको बताएका हुन् ।

के भन्छन् वातावरणविद् ?
वातावरण सम्बन्धी सरकारी संस्थाका प्रमुख कार्लोस रिट्टी भन्छन्, ‘कार्यकालको पछिल्लो ६ महिना, बोल्सोनारो र उनका वातावरण मन्त्रीले ब्राजिलको वातावरण सुरक्षा सम्बन्धी नीति कमजोर बनाउने प्रयास गरिरहेका छन् ।’ यसअघि ग्रिनपिसले पनि बोल्सोनारो र उनको सरकारलाई मौसम अनुकूलताका लागि ठूलो खतरा ठहर गर्दै उनको नीति वापत् ब्राजिलको अर्थतन्त्रले र विश्वले ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिएको थियो । संचार माध्यम सिएनएनले ब्राजिलको वातावरण मन्त्रालयसँग यस विषयमा प्रतिक्रिया माग्दा कुनै जवाफ नआएको जनाएको छ ।

यसअघि राष्ट्रपति चुनाव प्रचार अभियानमा उनको सरकारले ब्राजिलको अर्थतन्त्रमा सुधार ल्याउने वचन दिएको थियो र उनले अमेजोनको सम्भाव्यताको पूरा उपयोग गर्ने बताएका थिए । यस्तोमा कार्यभार सम्हालेको ६ महिनापछि उनले त्यही वचन पूरा गरिरहेको जस्तो देखिएको छ । वातावरण विरुद्ध खुला वक्तव्य दिएपनि निवार्चित भएका उनी ब्राजिलको इतिहासकै पहिला राष्ट्रपति हुन् । यस्तोमा व्यवसायी, किसान र उत्खननकर्ताहरुले यही मौकाको फाइदा उठाइरहेको बताइएको छ ।

यति मात्र नभएर सरकारले वातावरणमाथि निगरानी गर्ने निकायहरुको काममा समेत अवरोध पुर्याइरहेको छ । जस्तै ब्राजिलको वातावरण एवम् नवीकरणीय संगठन, आइबीएएमएले यसअघि ठूलो सङ्ख्यामा सरकारी बजेट कटौतिको सामना गर्नु परेको हो । २ करोड ३० लाख डलरको बजेटमा कटौति गर्नुका साथै सरकारले आइबीएएमएको २७ प्रदेश कार्यालयका लागि केबल चार अधिकारी मात्र नियुक्त गरेको हो र ती चारैजना अमेजोन वन क्षेत्र बाहिरका प्रदेशमा मात्र निरीक्षण गर्छन् । यति मात्र नभएर आइबीएएमएले २०१९ मा सञ्चालन गरेका कार्यक्रमहरुमा पनि वर्षको सुरुवातदेखि नै कमी आएको छ ।

यसअघि फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याक्रोन र जर्मनीकी चान्सलर एन्जेला मार्केल दुवैले ब्राजिलको वातावरण सुरक्षा नीतिप्रति चिन्ता व्यक्त गरिसकेका छन् । गत शुक्रबार मात्र युरोपेली संघले संवेदनशील इकोसिस्टममा अमेजोनको वन विनाशले अतिरिक्त चुनौति थपिदिएको उल्लेख गरेको थियो ।

के भन्छन् वातावरणमन्त्री ?
ब्राजिलका वातावरणमन्त्री रिकार्डोले ट्वीटमार्फत् आफ्नो धारणा सार्वजनिक गरेका छन् । उनले डढेलो मौसम, हावा र तापक्रमका कारण लागेको बताएका छन् । तर, सिएनएनका मौषमविद् हेले ब्रिकले भने उक्त डढेलो ‘मानव सिर्जित’ नै भएको र चट्याङजस्ता प्राकृतिक कारणले नभएको बताएकी छिन् । सेप्टेम्बर महिनासम्म सुख्खा मौसम रहने यस क्षेत्रमा गत वर्षको तुलनामा यो वर्षको विनास अकल्पनीय भएको छ ।
  

यद्यपि, अझैँ अमेजोनको आगलागी झन् झन् दन्किइरहेको छ । जलेर खरानी भएको छ । राष्टपतिले आगलागी नियन्त्रणका लागि सेना परिचान गरेपनि तत्काल बीसको उन्नाइस बनाउने सकिने अवस्था छैन । अब, उनले के अन्य शक्तिशाली देशसँग सहयोग माग्नुपर्दैन ?
बीबीसी/सीएनएबाट तयार पारिएको रिपोर्ट