हरिनाथका हरिले ठूलै प्रसाद हात पारे

समाचार
  • विजय राई

हिजो राजधानीमा एक सम्पादक पक्राउ परे । पाथीभरा अनलाइन पत्रिकाका सम्पादक हुन् रे, उनी । तिनको नाम हरि प्रसाद मानन्धर रहेछ । हरिनाथ गाउँपालिका‐५ स्यांजा जिल्लाका रहेछन् हरि प्रसाद । खै मान्छेको दिमागी खेला पनि कस्तो । कुन बेला के हुन्छ, कुन बेला के । यिनले पनि आफ्नो अनलाइनमा समाचार लेखिहालेछन् । कामै लेख्ने हो, त्यो कुरो ठीकै हो । तर, समाचार भने कलम उल्टो गरी लेखेछन् क्यार । उनले त प्रधानमन्त्री नै बितिसकेको समाचार पो बनाएछन् । यस्तो समाचार लेखेपछि जेल उनी नपरेर को पर्छ । उनलाई प्रहरीले विधुतिय ऐन अन्तर्गतको मुद्धा चलाउनु स्वभाविकै त हो नि ।

४६ वर्ष पार गरेका यिनी कस्ता पत्रकार हुन्, कठै । नघटेको घट्नालाई सामाजिक सञ्जालमा किन फैलाउनु । आखिर सवैले एकदिन मर्नै पर्छ । गल्ती सवैबाट हुन्छन् । र, सवैले सवैलाई मन पराउनु पनि एक वारको जुनीमा असम्भव नै हो । तर मानवीयता नै विर्सेर जिम्मेवार व्यक्तिबाटै यस्तो दुस्साहस गरिनु सिंगो पत्रकारिता जगतलाई दुषित बनाउनु जस्तै हो ।

हरि पत्रकार भएकाले सत्यतथ्य खबर संप्रेषण गर्नु यिनको कर्म हो । तर त्रिवि शिक्षण अस्पतालमा उपचार गरी स्वास्थ्यलाभ गरिरहेका प्रधानमन्त्रीबारे गलत समाचार उनले लेख्नै नहुने थियो । यसो गरेर उनले के पाउने हुन् र ? आखिर उनले कलंकको टीका नै लगाए । उनको योग्यताको प्रमाणपत्रै यही होला सायद । छँदाखाँदाको मति बिगारेर हरिले आज ठूलै प्रसाद हात पारेका छन् । हरिप्रसादलाई सामाजिक सञ्जालमा यसरी गाली गरिएको छ,

Nabin Adhikari

हो । निच पत्रकारिताले आज देश भरिका जनतालाइ भ्रमित वनाएको छ । राजनितिक दलका नेताहरू र कर्मचारी वर्ग, सेना र प्रहरीप्रति पनि अनर्गल प्रकाशनहरूले नागरिकहरूमा लोकतन्त्र र राज्यका निकायहरू प्रति धेरै वितृष्णा वढाएको छ । नागरिक हक अधिकारको संरक्षण गर्न पनि नियोजित ढंगवाट हुने यस्ता प्रचारवाजी गर्नेलाइ कारवाही गर्नुपर्छ।

Binod Pandey

मानव अधिकारको नाममा जे लेख्ननी छुट दिनु हुन्न । कडा कारबाही………..